मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मापदण्ड मिचेर भवन बनाउँदै सरकारी कार्यालय

मापदण्ड मिचेर भवन बनाउँदै सरकारी कार्यालय


चितवन । चितवनमा रहेको सरकारी कार्यालयहरुले बिनानक्सा पास धमाधम भौतिक संरचना निर्माण काम सुरु गरेका छन् । जिल्ला विकास समिति र नागरिक उड्ययन कार्यालय भरतपुरले आफ्नै जग्गामा भवन बनाएको भए पनि बिनानक्सा पास भवन निर्माण गरेका हुन् ।
सरकारी कार्यालयहरुले भवन बनाउँदा नक्सा पासको शुल्क नलाग्ने भए पनि कार्यालयहरुले नक्सा पासलाई प्राथमिकता नदिएको भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटाले बताए । अहिले जिल्ला विकास समितिले अफ्नो मातहतमा रहेको जग्गामा नयाँ व्यावसायिक भवन र नागरिक उड्ययन कार्यालय भरतपुरले पनि चौबीसकोठीमा व्यावसायिक भवन निर्माण कामलाई तिब्रता दिइरहेका छन् ।