मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले घर निर्माणमा लगाएको प्रतिबन्ध हटायो

सरकारले घर निर्माणमा लगाएको प्रतिबन्ध हटायो


चितवन । सरकारले विनाशकारी भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिबन्ध आजदेखि हटाएको छ । यस्तै प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णयका आधारमा भवन निर्माणसम्बन्धी ८ बुँदे सर्कुलर जारी गरेको छ । जसमा गत जेठ ४ गते जारी भएको १६ बुँदे निर्देशनको प्रमुख १, २ र ३ नम्बरको निर्णयहरुलाई सम्बोधन गरिएको छ ।
नयाँ निर्देशनअनुसार नक्सा पास भएका तथा निर्माण सुरु नभएका घरहरुको निर्माणमा लागेको प्रतिबन्ध हटेको छ । साथै निर्माणाधीनको हकमा दुई तलाभन्दा बढी बनाउन नपाइने व्यवस्था पनि खारेज भएको छ ।