मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकार गिरीमाथी नायक गौतमको भौतिक कारवाही गर्ने धम्कीको नेपाल अमेरिका पत्रकार संघ द्धारा भत्सर्ना

पत्रकार गिरीमाथी नायक गौतमको भौतिक कारवाही गर्ने धम्कीको नेपाल अमेरिका पत्रकार संघ द्धारा भत्सर्ना


अमेरिका जुन २२ / चलचित्र पत्रकार संघका सदस्य एवं फिल्मी बजार डटकमका पत्रकार श्यामसुन्दर गिरीलाई ज्यान मार्ने धम्की दिएका नायक सुदर्शन गौतमको गतिबिधिको नेजाले आपत्ति जनाउदै आज एउटा बिज्ञप्ती जारी गरेको छ। नेजाको महासचिब भोला आचार्यले जारी गरेका सो बिज्ञप्तीमा भनिएको छ, “अमेरिकामा रहेका नायक सुदर्शन गौतमले भौतिक कार्वाही गर्ने धम्की दिएकोमा नेपाल अमेरिका पत्रकार संघ, नेजाको गम्भिर ध्यानाकर्षण भएको छ” ।
 
प्रकाशित समाचारलाई लिएर नायक गौतमले पत्रकार गिरीलाई अमेरिकाबाट टेलिफोन गरि ज्यान मार्ने धम्कि दिएको पीडित पत्रकार गिरीले नेजालाई इमेलमा पठाएका छन् ।
 
प्रकाशित समाचारको विषयमा गुनासो भए कानुनीवाटो रोजेर अगाडी वढ्नुपर्नेमा भौतिक कारवाहीको धम्की दिनु पे्रस स्वतन्त्रता विरोधी कार्य भएको नेजाको ठहर छ । साथै नेजा नायक गौतमलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने र पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने नेजाले सम्वद्ध पक्षसँग माग गरेको छ । अन्तमा यस विषयमा नेपाल पत्रकार महासंघले चालेको कदममा नेजाको ऐक्यवद्धता हुने जानकारी गराईएको छ ।