मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१७५ केजी चरेशसहित तीन पक्राउ

१७५ केजी चरेशसहित तीन पक्राउ


गजुरी (धादिङ)।  पृथ्वीराजमार्गको बैरेनी गाविस–८ मछेडीखोलामा गरिएको आकस्मिक जाँचका क्रममा आज १७५ केजी चरेससहित तीन जनालाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।
 
  प्रहरी टोलीले जाँच गरिरहेको बेला विपरीत दिशामा गाडी पार्किङ गरेको अवस्थामा युपी७७टी ४८१३ नं को गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । भूमेस्थानस्थित एक्ले क्षेत्रबाट गाडीका फल्स बटम बनाइएको स्थानमा राखी लुकाइछिपाइ भारतको उत्तरप्रदेशतर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी एक केजी को १५७ पोका र  अन्दाजी ५०० ग्रामको ८० पोका चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले बताउनुभयो ।
 
  प्रहरीले गाडी चालक भारतको कानपुर सीतापूर्वका २६ वर्षीय राजेश कुमार र २० वर्षीय विवेक कुमार तथा रक्सौल बस्ने ४३ वर्षीय रघुनाथ दासलाई पक्राउ गरेको छ । 
–ः ५३ ः–
 
चरेस ओसारपसारमा प्रयोग गरिएको गाडी, भारतीय रूपैयाँ ८७ हजार ३००, नेपाली रु आठ हजार, तीन थान मोबाइलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । ठूलो मात्रामा चरेसको कारोबार गर्ने समूहसहितको टोलीलाई प्रहरीले पहिचान गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जिकिर गरेको छ । रासस