मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान निर्माणलाई कसैले रोक्न सक्दैन : नेता नेपाल

संविधान निर्माणलाई कसैले रोक्न सक्दैन : नेता नेपाल


जनकपुरधाम । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान निर्माणको कार्यलाई कुनै पनि पक्षबाट अवरोध पु¥याउने नहुने बताउनुभएको छ । 

 
धनुषाको नाथपट्टि गाविसमा न्यु युवा वाचनालय भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले दलबीच संविधान निर्माणका लागि भएको सहमतिको कुनै पनि पक्षबाट अवरोध भए यसले असल परिणाम नदिने विचार व्यक्त गर्नुभयो । 
 
संविधान निर्माण नभएको कारणले जनतामा निराशा छाएको बताउँदै उहाँले दलबीचमा भएको सहमतिअनुसार आागमी साउनभित्रै नयाँ संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।  “सबै दललाई सहमतिमा ल्याएर संविधान निर्माण गर्ने सम्भावना नरहेकाले अधिकतम दललाई सहमतिमा ल्याएर संविधान जारी गरिने छ”–उहाँले भन्नुभयो । 
 
नेता नेपालले मुलुक निर्माणका लागि सबै दल एक जुट हुनुपर्नेमा जोड दिनुभयो । रासस