मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरो जोखिमका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह

पहिरो जोखिमका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह


ललितपुर । भूकम्पबाट बढी प्रभावित पहिराको जोखिममा रहेका केही जिल्लाका बस्ती जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्नुपर्नेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले जोड दिएको छ । 
 
यहाँ आज आयोजित ‘भूकम्पीय विस्तापन, जनसाङ्ख्यिक परिवर्तन तथा निर्वाचन क्षेत्र’ विषयको अन्तक्र्रियामा भूगर्भविद्ले भूकम्पले प्रभावित विभिन्न स्थानमा धाँजा फाटेको हुँदा वर्षात्का बेला पहिरो जान सक्ने चेतावनी दिनुभयो । 
 
भूकम्पविद् रञ्जनकुमार दहालले सबैभन्दा बढी पहिराको जोखिममा रहेका रसुवा, धादिङ, गोरखा र नुवाकोटका अधिकांश ग्रामीण भूभागका धाँजा फाटेकाले ती बस्ती उच्च जोखिममा रहेको बताउनुभयो । 
निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले भूकम्पसम्बन्धी पूर्व तयारी नहुँदा बढी मानवीय क्षति भएको बताउनुभयो । नियोकका महासचिव डा गोपालकृष्ण शिवाकोटीले मुलुक विपद्मा परेका बेला आफ्ना ठाउँबाट सक्दो सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो । रासस