मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु


हेटौँडा । चितवनको पर्साबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प २५०४ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१०४ नम्बरको ट्रकले हेटौँडा नारायणघाट सडकखण्डको सुनाचुरीमा अपराह्न ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
 
मृत्यु हुने मोटरसाइकल चालक चितवन जिल्लाको पिप्ले गाविस–५ बस्ने २२ वर्षीय विकास बड्तौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 
उक्त मोटरसाइकलनमा यात्रा गर्ने अन्य दुई यात्रु पनि घाइते भई उपचारका लागि चितवनको मेडिकल शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
 
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस