चितवन । जिल्ला कारागार चितवनमा सोमबार एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहा जिल्ला रामपुर गाविस–९ निवासी २७ वर्षीय अनिल थापा रहेको कारागार प्रशासनले जनाएको छ ।
लामो समयदेखि एचआइभी–एड्स सङ्क्रमित थापाको उपचारका क्रममा आज कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख चोलाकान्त पोख्रेलले जानकारी दिनुभयो । रासस
प्रतिक्रिया