समाचार लेखेकै भरमा चलचित्र पत्रकार श्यामसुन्दर गिरीलाई अमेरिकाबाट ज्यान लिने धम्की दिएका कलाकार सुदर्शन गौतमले प्रेस स्वतन्त्रता विरोधी काम गरेको भन्दै नेपाल पत्रकार महासंघले कडा शब्दमा भ्रत्सर्ना गरेको छ । महासंघको तर्फबाट सचिव ध्रुब लम्सालले जारी गरेको प्रेस विज्ञप्तीमा सुदर्शनलाई कानुनी कारबाही गरी पत्रकारहरुको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरिएको छ ।
प्रकाशित समाचार प्रति चित्र नबुझ्दा त्यसउपर कानुनी उपचारको मार्गप्रशस्त हुँदा हुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रता बिरोधी काम हो’ प्राप्त विज्ञप्तीमा भनिएको छ । सुदर्शनले चालेको कदमप्रति गम्भिर ध्यानाकर्षण भएको पनि विज्ञप्तीमा उल्लेख छ । सुदर्शनले चालेको कदमको विरोधमा अहिले पत्रकार सम्द्ध विभिन्न संघ संस्थाहरुबाट विरोध भईरहेको छ भने सम्पुर्ण पत्रकारहरुको सुरक्षाको प्रत्याभुती गराउन सरकार समक्ष माग भईरहेको छ ।
विज्ञप्तीको पुर्ण पाठः
प्रतिक्रिया