मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठलाई अमर ताराको उपाधिबाट सम्मान

अमेरिकामा स्वर्गीय अभिनेता श्री कृष्ण श्रेष्ठलाई अमर ताराको उपाधिबाट सम्मान


वाशिंगटन डिसी I डिसी महानगर क्षेत्रको भर्जिनियामा कोहिनूर चलचित्र प्रदर्शन गरिनुको साथै स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त  ‘अमर तारा’ उपाधिबाट सम्मान गरिएको छ l श्रेष्ठलाई ‘अमर तारा’ उपाधिबाट सम्मान अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीले कोहिनूर चलचित्र कि नायिका तथा स्व श्रेष्ठकि पत्नी स्वेता खड्कालाई हस्तान्तरण गर्नु भयो l
 
स्व श्रेष्ठ सानो उमेरदेखि आफ्नो अभिनय क्षमता मार्फत रंगमञ्चसँगै चलचित्र क्षेत्रमा उनले पुर्‍याएको योगदान स्वरुप अमेरिकामा स्थापना भएको अमेरिकन नेपाली टेलिभिजनले श्रेष्ठलाई सम्मान गरेको हो l
 
चलचित्र सुरु हुनु अगाडी नायिका स्वेता खड्काले भाव बिभोर हुदै पैसाको घमण्ड मानिसमा हुने हुन्छ ​l ​यदि पैसाले हुने भए म आफ्नो पतिलाई बचाउने थिए भन्दै चलचित्रबाट उठेको रकमले नेपालका भूकम्प पिडितलाई दिने घोषणा गरिन l
 
प्रमुख अतिथि रहनु भएका राजदुत कार्कीले अमेरिकामा नेपाली समुदायलाई एकता नभएको आरोप लागेको अवस्था छ भन्दै अहिलेको अवस्थामा नेपाली समुदाय एक जुट हुनु पर्ने अपरिहार्य भएकोले डिसी महानगर क्षेत्रका सबै संघ तथा संस्था मिलेर कोहिनूर चलचित्र देखाउन आफुले आग्रह गरेको र सोहि अनुसार मिलेर चलचित्र देखाईएकोमा हर्ष व्यक्त गर्नु भयो l
 
यसै गरि नेपाल सरकारका तर्फ बाट म्यारिल्याण्ड तथा पेंसेलभ्यानिया राज्यका लागि महा बाणिज्य दुतले नायिका स्वेता खड्का ले उठेको रकम उनि यस्तो बिपतमा परेको बेलामा पनि भूकम्प पिडितलाई दिने घोषणा गरेकोमा उनको मन कति ठुलो रहेछ भनि प्रशंसा गर्नु भयो l
 
नायिका स्वेता खड्का तथा राजदुत अर्जुन कार्कीलाई समाज सेवी राम मालाकारले खादा लगाई सम्मान गर्नु भएको थियो भने स्व श्री कृष्णको तस्बिरमा पुष्प गुच्छा द्वारा श्रद्धान्जली अर्पण गरिएको थियो l अमेरिकन नेपाली टेलिभिजनका प्रमुख हेमन्त श्रेष्ठले ३६ वटा संस्था मिलेर सबैले ऐक्यबद्धता देखाएकोमा हर्ष व्यक्त गरे भने प्रमुख कार्यकारी अधिकृत आनन्दु लामाले चलचित्र हेर्न आउने सबैलाई धन्यबाद दिएका थिए l
 
नेपाली चलचित्रको इतिहासमा सर्वाधिक रकम कमाउन सफल कोहिनूर चलचित्र प्रदर्शनका लागि अभिनेत्री स्वेता खड्का स्वयम् दर्शकहरु संगै बसेर हेरेकी थिइन् l