मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

नायक जीवन लुईंटेललाई पुत्रीलाभ

नायक जीवन लुईंटेललाई पुत्रीलाभ


हिमालय खबर संबाददाता I पछिल्लो समयका व्यस्त नायक जीवन लुईंटेललाई पुत्रीलाभ भएको छ । ललितपुर स्थित पाटन अस्पतालमा सोमबार बिहान ८ बजेर ४५ मिनेट जाँदा जीवनकी पत्नि अञ्जली शर्माले छोरीलाई जन्म दिएकी हुन् । अञ्जलीको काखमा १८ महिनाको छोरा पनि छ । जीवन र उनकी पत्निलाई १८ महिना पछी दोश्रो सन्तान लाभ भएको हो ।

 

छोरी जन्मिएसँगै सामाजिक सञ्जालमा फटो सेयर गर्दै जीवनले 'आज छोरा भएको अठार महिना पछि दोस्रो पटक छोरीको पिता बनियो .. खुशी हर्ष र गर्ब एकैपटक मिसिएर आयो …मेरी प्यारी अर्धांगिनी पहिलो बधाई तिमीलाई । बिश्वाश छोरी को आगमन संगै सारा परिवार मा अझै धेरै खुसियाली छाउनेछ।' लेखेर फोटो पोष्ट गरेका छन् । जहाँ जीवनलाई बधाईको ओहिरो लागेको छ ।

 

छोरीको जन्मसँगै खुसी देखिएका जीवनले 'एक छोरा एक छोरी दुबै बराबरी' भन्दै हर्षित मुद्रामा अब पुर्णतः पिता भए जस्तो लागेको प्रतिक्रिया दिए । १८ महिना पहिले बसुन्धारा स्थित एक अस्पतालमा जीवनकी पत्नि अञ्जलीले छोरालाई जन्म दिएकी थिईन् । गत महिना अमेरिकाबाट फर्केका जीवन अहिले विभिन्न चलचित्रको अभिनयमा व्यस्त छन् । पुत्री लाभ गरेका जीवन र अञ्जली दुबैलाई हाम्रो तर्फबाट पनि बधाई !!