मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारत–पाकिस्तानबीचको बढ्दो तनावप्रति अमेरिकालाई चिन्ता

भारत–पाकिस्तानबीचको बढ्दो तनावप्रति अमेरिकालाई चिन्ता


काठमाडौं, आषाढ २ । दक्षिण एसियाली दुई मुलुक भारत र पाकिस्तानबीच पछिल्ला दिनमा फेरि तनाव बढ्ने लक्षण देखिएपछि सम्बन्ध सुधारका लागि अमेरिकाले पहल थालेको छ ।
 
अमेरिकी विदेशमन्त्री जोन केरीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफसँग टेलिफोन वार्ता गरी भारत–पाकिस्तानबीचको बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका हुन् ।
 
भारतसँग पनि उच्चस्तरीय सम्पर्क भइरहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । यस क्षेत्रको वृहत्तर हीत भारत–पाकिस्तान सम्बन्ध सुध्रँदा मात्र हुने केरीको भनाइ छ ।
 
दुई पक्षबीच भइरहेका वक्तव्यबाजी गलत निर्णयसम्म नपुगोस् भन्नेमा सतर्क हुनुपर्नेमा पनि विदेश मन्त्री केरीको जोड छ । (एजेन्सी