मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाको चर्चमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु

अमेरिकाको चर्चमा अन्धाधुन्ध गोली प्रहार, ९ जनाको मृत्यु


काठमाडौं, आषाढ ३ । अमेरिकाको एक चर्चमा भएको गोलीकान्डमा ९ जनाको मृत्यु भएको छ । अमेरिकाको साउथ कैरोलाइनाको चान्र्सटन सहरको एक ऐतिहासिक चर्चमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । चर्चमा बेलुकीको प्रार्थना चलिरहेका बेला भएको गोली प्रहारमा थुप्रै घाइते भएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आशंका एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ । १९औं शताब्दीमा बनेको यो चर्च अमेरिकी इतिहासमा सबैभन्दा पुरानो र ऐतिहासिक हो । (एजेन्सी)