मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भूकम्पपीडितको सहयोगार्थ लस एञ्जलसमा कार्यक्रम हुने

भूकम्पपीडितको सहयोगार्थ लस एञ्जलसमा कार्यक्रम हुने


लस एञ्जलस, १७ जुन – मातृभूमि नेपालमा गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि अहिले देश विदेशमा रकम संकलन गरेर क्षतिग्रस्त सार्वजनिक संरचनाको पुनर्निर्माण र नव निर्माणमा योगदान गर्ने प्रयास भैरहेको छ।
 
यस क्रममा यहाँ रहेका केही सिर्जनात्मक सोच भएका युवाहरु मिलेर एक सांगीतिक कार्यक्रम गरी रकम संकलन गर्ने भएका छन् ।’नेपालको सहयोगार्थ वृहत मनोरन्जनात्मक कार्यक्रम’ को नामबाट यहाँ यस्तो सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम आयोजक मध्येकी एक अपला उपाध्यायले जानकारी दिएकी छिन् । एफ१ ग्रुपका नामबाट युवाहरुको एक समूहले यो कार्यक्रम आयोजना गर्न लागेको छ।
 
लस एञ्जलसको स्थानीय नेपाली समुदायसंग मिलेर यही जुलाई ३ तारिख शुक्रवार साँझ लंग वीच मेरियट होटलमा यो कार्यक्रम आयोजना गर्न लागिएको मिस एएनए समेत भैसकेकी उपाध्यायले बताइन् । कार्यक्रममा अमेरिकामा रहेका गायक/गायिकाहरु निमा रुम्बा, नलिना चित्रकार, सरोज दत्त, दीपेशकिशोर भट्टराई, हेमन्त श्रेष्ठ, मलिना जोशी लगायतका गायक/गायिकासहितका कलाकारहरुको प्रस्तुती रहनेछ।
 
अपला आफैं र मिस नेपाल मलिना जोशीको उद्घोषण रहने यो वृहत सांगीतिक कार्यक्रमबाट पचास हजार भन्दा बढी डलर रकम संकलन गर्ने आयोजकहरुको लक्ष्य छ। कार्यक्रमबाट उठेको रकम भूकम्पबाट अति प्रभावित जिल्लाका विद्यालय भवन निर्माणका लागि खर्च गरिनेछ।