मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली स्टुडेन्ट असोसिएसन, लुजिआना राज्य विश्व विद्यालय द्वारा नगद १०,००० डलर को चेक प्रधानमन्त्रि राहत कोष मा जम्मा

नेपाली स्टुडेन्ट असोसिएसन, लुजिआना राज्य विश्व विद्यालय द्वारा नगद १०,००० डलर को चेक प्रधानमन्त्रि राहत कोष मा जम्मा


हिमालय खबर, लुजिआना I नेपाली स्टुडेन्ट असोसिएसन, लुजिआना राज्य विश्व विद्यालय द्वारा हिजो ०६/१५/२०१५ का दिन नेपाल मा आएको महा भुकम्प को सहयोगार्थ उठाएका रकम  अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीलाई नगद १०,००० डलर हस्तान्तरण गरेका छन्| एक विशेष समारोह का बिच नेपाली स्टुडेन्ट अस्सोचिअशन, लुजिआना राज्य विश्व विद्यालय का बर्तमान सभापति श्री सुनिल पौडेल र प्राध्यापक डा. श्री कृष्ण पौडेल ले संयुक्त रुप मा नगद १०,००० डलर को चेक प्रधानमन्त्रि दैबी प्रकोप राहत कोषमा जम्मा हुने गरि सो चेक नेपाली राजदूत  डा. अर्जुन कार्की लाइ हस्तान्तरण गर्नु भएको थियो|

उक्त समारोहमा बोल्दै नवनियुक्त राजदूत डा. अर्जुन कार्कीले सबै रकम आवस्यकता अनुसार चाहिने मान्छे लाइ चाहिने ठाउमा खर्च हुने आस्वासन दिनु भएको थियो| उक्त कार्यक्रममा Blood Donor's of America का केद्रीय अध्यक्ष डा लिला कार्कीले पनि आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो|