मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भ्यान टोर्नाडो राहत कोषलाई चेक हस्तान्तरण

भ्यान टोर्नाडो राहत कोषलाई चेक हस्तान्तरण


हिमालय खबर टेक्सास I अप्रिल २५, २०१५ मा नेपालमा गएको महाभूकम्पबाट  एथेन्स, टेक्सासमा दिनेश मैनाली धेरै आहत भई आफु काम काम गरिरहनु भएको स्टोरमा एउटा चन्दा बाकस राख्नु भएको थियो| मुर्चिसन र भ्यान काउन्टीका ग्राहकहरुले राम्रो चन्दा रकम दिईरहनु भएको  थियो| प्राप्त भएको रकम आफु संलग्न भएको संस्था “डेभलपमेन्ट फर पिस” (डीएफपि) को कोषमा दाखिला हुन्थ्यो| डीएफपिले यस्तै विभिन्न श्रोतबाट संकलन भएको रकमबाट रसुवा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट आदि जिल्लाहरुमा सक्दो राहत सामग्रीहरु वितरण गरिरहेको थियो|
 
यसै सिलसिलामा उहाँको कारेन क्रुगर संग चिनापर्ची बढ्यो| कारेन क्रुगर र उहाँको श्रीमानलाई नेपाल र नेपाली प्रति विशेष माया थियो| इराकमा सुरक्षा सम्बन्धि काममा खटिंदा नेपाली सहयोगी/मित्रहरुसंग उहाँहरुको हार्दिक निकटता थियो| उहाँहरु नेपालमा भूकम्पपिडितहरुलाई सक्दो सहयोग पुरयाउन तल्लिन हुनुहुन्थ्यो| मे १०, २०१५ मा टेक्सासको पूर्वी भागमा भयंकर आँधीबेहरी (टोरनाड़ो) आयो र भ्यान काउन्टीका धेरै घरहरु ध्वस्त भए| दिनेश मैनाली र कारेन क्रुगरलाई यस अवस्थाले अझै केहि गर्न घच्घच्यायो|
 
 डेभलपमेन्ट फर पिस र अरु सहयोगी मित्र, संस्थाहरुसंग मिलेर चन्दा संकलन गर्ने निर्णय गरियो| मे २५, २०१५ मा मुर्चिसनमा यार्डसेल र बार्बिक्यु गरियो र त्यसबाट यु.यस.डलर १७००.०० जम्मा भयो| त्यसपछि वूडफरेस्ट ब्यांकको प्रांगणमा चन्दा संकलन गर्दा उक्त रकम बढेर डलर २०००.०० भयो| जून ७, २०१५ मा “डेभलपमेन्ट फर पिस” (डीएफपि) र सहयोगीहरूका तर्फबाट भ्यान काउन्टी टोर्नाडो राहत कोषलाई उल्लेखित रकमको चेक हस्तान्तरण गरियो| सोहि दिन डीएफपिका स्वयमसेवकहरु टोर्नाडोबाट पूर्णरुपमा ध्वस्त एक घरको भग्नावशेष सफा गर्ने काममा सहभागी भए| नेपाली मूलका र रैथाने वासिन्दा बिच एक अर्कालाई आपद-विपद पर्दा सहयोग गर्ने भावनाले यसरि मूर्त रुप लियो- भ्यान काउन्टीको टोर्नाडो राहत र नेपालको भूकम्प राहतको लागि चन्दा संकलन र परिचालनमा| सिलसिला जारी छ, जारी रहनेछ- कारेन क्रुगर, मिसेइल हाफिज, स्कट म्याकनेर, जुआन कामार्गो आदि डेभलपमेन्ट फर पिस” (डीएफपि) संग आबद्द हुनुहुन्छ- मानवीय सेवाको काममा|