मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एन आर एन आफ्नो हनिमुन समय पनि पूरा नगर्दै विवादमा ! सवन्धित व्यक्तिहरु संग विवादका वारेमा लिएको प्रतिक्रिया

एन आर एन आफ्नो हनिमुन समय पनि पूरा नगर्दै विवादमा ! सवन्धित व्यक्तिहरु संग विवादका वारेमा लिएको प्रतिक्रिया


विगत एक दुइ महिना अगाडि आसन्न निवार्चनवाट वनेको अमेरिकि एन आर एन आफ्नो हनिमुन समय पनि पूरा नगर्दै विवादमा घेरिएको छ । विवादका कारण वनेका छन सोनाम लामा । शुरुमा आसन्न चुनावमा पराजित समूहले चुनावमा भएको धाधलीे आरोपका विच अन्तराष्ट्यि समन्वय समिति (आइसीसी) लाई औपचारीक रुपमा पत्राचार गरेको थियो । जसको फलस्वरुप आइसीसीले दूई कमिटि गठन गरयो । जसका सदस्यहरु थिए आइसीसी क्षेत्रीय संयोजक नवराज गुरुङ्ग र सह क्षेत्रिय संयोजक सोनाम लामा । विवाद को विउ तव रोपियो जव क्षेत्रिय संयोजक सोनाम लामाले हालको एन आर एन लाई कुनै आधिकारीक काम नगर्न पत्र प्रेषित गरे । तत्पश्चात विवाद छतातुल्ल अमेरिकी वजारमा आयो । हालाकी वर्तमान कार्यसमितिको वाल्टिमोर भेलाले जति सुकै विवाद नरहेको जनाइ रहदा उता पराजित समूहले भने भिन्न वैठक गरयो । यिनै विवादका वारेमा हिमालय खवर डटकमका तर्फवाट शरद पोखरेलले विभिन्न एन आर एन सवन्धित व्यक्तिहरु संग विवादका वारेमा लिएको प्रतिक्रियाहरु यहाँ प्रस्तुत गरिन्छ ः
 
केशव पौडेल (अध्यक्ष, एन आर एन अमेरिका)
चुनावमा पराजित साथिहरुको अनिमियतताको कुरा उठाउनु भएको हो र यसमा हामी खुला छौ । सम्भवत एक दुई दिन भित्रमा नै यो सवै विवादका विषयहरुमा हामी छलफल गरेर मिलाउँछौ । यसमा हाम्रो तर्फ वाट कुनै त्रुटि भएको छैन । चुनावका वेलामा कुनै त्रुटि भएका छन भने ति त्रुटि विगतका निर्वाचन आयोगको हो भन्ने हाम्रो ठहराई छ र पनि हामी अवको कार्यसमितिमा रहेका कारण उक्त त्रुटिहरु हामीले नै हल गर्न पर्छ । यस हिसावमा हामी साथिहरु संग छलफलमा छौ र सम्भवत एक दुई दिन भित्र ठोस परिमाणमा पुग्छौ ।
 
विनोद रोका (एन आर एन अमेरिका प्रमुख निर्वाचन आयुक्त)
जित्ने मान्छेले मैले अनैतिक गरेर राजिनामा दिन्छु भन्छ भने हामीलाई केही भन्नु छैन त्यो उहाहरुको कुरा हो । तर निर्वाचन र निर्वाचनका परिमाण विधान वमोजिम को काम भएको छैन भनि कसैले प्रश्न उठाउँछ भने हामी सामाना गर्न पूरा तयार छौ । मतदाताले जसलाई निर्वाचित गरेको छ त्यसैलाई हामीले देखाएका हौ । आधिकारीकता लिएर आएका व्यक्तिहरुको इमेल को आधारवाट निर्वाचन भएको हो र यो निर्वाचनकै परिमाण हो । निर्वाचन आयोगले पच्चिस तारीखमा परिणाम घोषणा कसले कहा कति कति भोट पायो भनि सार्वजनिक गरिसकेको थियो । हाल आएर निर्वाचन आयोगले हार्नेहरुको उजुरी लिएन भन्नुमा कुनै सत्यता छैन । किनकि पहिलो त उहाँहरुले त्रुटिका वारेमा निर्वाचन आयोगमा कुनै आधिकारीक इमेलमा पठाउनु भएकै छैन । उहाहरु जाने नै भए पनि न्यायिक आयोगमा जान पर्ने हो । जुन पनि देखिन्न । यस अवस्थामा यो विषयलाई उछाल्नु भन्दा पनि वस्तुस्थितिको सहि मूल्याकन गर्न जरुरी छ ।
 
नगेन्द्र पौडेल (पराजित अध्यक्ष उम्मेद्धार )
यो सोनाम लामा व्यक्तिको कुरा हैन । चुनावमा भएका कमि कमजोरीलाई औल्याउदा एन सी सी ले वेवास्ता गरेको हकमा हामी आइ सी सी मा गएका हौ र हाम्रो निवेदनका आधारमा आइ सी सी ले आइसीसी क्षेत्रीय संयोजक नवराज गुरुङ्ग र सह क्षेत्रिय संयोजक सोनाम लामा लाई छानविन गरि प्रतिवेदन पेश गर्न दिएको हो । छानविन प्रकृया अगाडि वढाउदा कृपया तपाइले कुनै पनि गतिविधि नवढाउनु होला भन्ने मात्र उहाहरुको आशय थियो । जुन आशय सामान्य र सहज पनि हो तर यसलाई सामान्य रुपमा लिनु भन्दा पनि साथिहरुले यसलाई सडकमा ल्याउनु भयो । साथै उहाँहरु व्यक्तिको पछाडि लाग्न थाल्नु भयो । छानविनलाई उहाँहरुले अपराधिक नै मान्नु भयो जुन सरासर गलत हो । म साथिहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु कि एउटै छाता मुनि सवै जना काम गर्ने हुदा कृपया सवैले सवैको ओहोदाको सम्मान गर्न सिकु । दोष र आरोपमा उत्रनु भन्दा पनि सवै जना एउटै संस्थामा भएको हुदा मेरो पदिय दायित्व के हो त्यसको हेक्का राख्दा जाति होला ।
 
कृष्ण पोखरेल (वरिष्ठ उपाध्यक्ष, एन आर एन अमेरिका)
एन आर एन लाई यस्ता कुराहरुले अगाडि वढाउन राम्रो काम गर्देन । नेपालीहरुको साझा हक हितको लागी वनेको यो एउटा सवैको चौतारी हो । मैले वुझे सम्म यो आइसीसी र हाम्रा साथिहरुको विचमा भएको मिस कम्मुनिकेसन का कारण उत्पन्न विवाद हो । प्रजातान्त्रिक पद्धतिवाट भएको चुनावै पनि सयमा सय सहि थियो भनेर म भन्दिन । कमि कमजोरी कामका सिलसिलामा जहा पनि रहन्छन । यी र यस्तै कमि कमजोरी लाई साथिहरुले समयमै सभ्झाइदिएको भए जाति हुन्थ्यो तर चुनाव सकिए पछि निर्वाचन कमिटिलाई चुनाव राम्ररी सकेकोमा धन्यवाद दिने अनि फेरि ल धाधली भयो भनि उजुरी पनि दिने गर्दा अलि कुरा दोहोरो भएन र ? तथापि उहाहरुको उजुरीलाई खाली नकारात्मक रुपमा लिन मात्र जरुरी छैन । उहाँहरुको मनसाय पनि एन आर एन अमेरिका अझ सुदृढ होस भन्ने नै हो । जसलाई हामी सवैले सही मान्न पर्छ ।
 
राम चन्द्र पोखरेल (एन आर एन अमेरिका उपाध्यक्ष)
यो विषय अव पुरानो भैसक्यो । वास्तवमा सोनाम लामा जी कै भाषामा भन्दा पनि उहाँले वर्तमान कार्य समिति भंग गरेको कहि भन्नु भएको छैन । केही पत्रिकाहरुले यसलाई तोडमरोड गरेका मात्र हुन त्यस वाहेक हाम्रो हालैको वाल्टिमोर भेलाले उक्त विवादित विषय सल्टाउनका लागी वर्तमान अध्यक्ष श्री केशव पौडेल जी को अध्यक्षतामा चार सस्दय कमिटि गठन गर्ने निर्णय गरिसकेको अवस्थामा उपयुक्त सवैलाई मान्य हुने निर्णय आउने कुरामा हामी विश्वस्त हुन पर्छ ।   
 
 
उत्तम लामिछाने (सभापति, एन आर एन टेक्सास च्याप्टर)
 
यो कुरामा त्यति विवाद गरिरहन पर्ला जस्तो लाग्दैन । न हुन पर्ने कुरा हुन गयो । दुवै पक्षले आफ्नो कुराहरुलाई नै सहि मान्नु भन्दा पनि वर्तमान एन आर एन लाई अझ शसक्त वनाउनका लागी पहलकदम के उठाउदा जाति हुन्छ त्यता लाग्नु जरुरी हुन जान्छ । यसैले विवाद वढाउदा कसैलाई फाइदा छैन ।
 
 
 
 
तारा वराल (सल्लाहकार, नेपाल पत्रकार संघ, नेजा अमेरिका)
हामी विदेशमा वस्ने नेपालीहरुको शायद नियति नै हो हामी विधि पद्दति र इमानवाट उम्किन खोज्छौ । यसले जग हसाई गराउँछ । एन आर एन को विवाद पनि कहि न कहि त्यसैवाट उत्पन्न भएको छ । अर्को कुरा एन आर एन को चुनाव प्रक्रिया पनि निकै फितलो लाग्छ । जस्तै सतर्कता अपनाए पनि कुनै कमजोरी हुन सक्छ । त्यसैले अहिलेको विवादलाई पहाड वनाउनु भन्दा आपसी समझदारी र विधि  विधानको जगमा वसेर समाधान खोज्नु पर्छ ।