मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

तमोद नदीको बगरमा असी किलोसम्मको माछा भेटियो

तमोद नदीको बगरमा असी किलोसम्मको माछा भेटियो


विराटनगर । चार दिनअघि अकस्मात आएको बाढीका कारण तमोर नदीमा ठूल्ठूला माछा फेला परेका छन् । उत्तरी जिल्लाहरुमा भएको भीषण वर्षापछि बाढी आएर नदी धमिलिएको थियो । त्यसक्रममा ठूल्ठूला आकारका माछा बगरसम्म लेदोमा बगेर आएका थिए ।
 
बगरमा छ्यापछ्याप्ती माछा आएको हल्ला फैलिएपछि आसपास गाउँ र धनकुटा सदरमुकामसम्मका बासिन्दा माछा संकलन गर्न पुगेका थिए । बूढीमोरङ, मूलघाटलगायत क्षेत्रमा पर्ने बगरमा माछा देखेपछि कोसी राजमार्गमा चल्ने सवारीसाधनका कर्मचारी र यात्रुसमेत माटा बटुल्न पुगेको स्थानीयले बताए । 
त्यसरी फेला परेको माछा ८० देखि ६५ किलोसम्मको भएको स्थानीय मोहन वान्तवाले बताए । माछा गोंज जातको भएको स्थानीयको भनाइ छ । एकै दिन धनकुटाका विभिन्न स्थानमा पर्ने तमोर किनारमा संकलन गरिएको माछा १० हजार टनसम्म भएको अनुमान गरिएको छ ।
 
फेला परेको माछा समातेर कतिपयले घरमा लगेर थिए । कतिपयले भने बिक्री गरेका थिए । वान्तवाका अनुसार सयदेखि ४ सय रुपैयाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । तमोरमा यसरी छ्यापछ्याप्ती माछा हमेसा पाइँदैन । स्थानीय बूढापाकाका अनुसार २०३७ सालताका आएको बाढीमा पनि यसैगरी बगरमा ठूलो परिमाणमा माछा फेला परेका थिए । –कान्तिपुर