चितवन । चित्रवन नगरपालिका–३ शारदानगर निवासी २४ वर्षीय असिम पण्डितको सर्पको डसाइबाट शनिबार मृत्यु भएको छ ।
कामको सिलसिलामा भरतपुरबाट घरतर्फ मोटरसाइकलमा फर्कदै गर्दा घर नजिकैको बाटोमा बुधबार साँझ करेत सर्पले टोकेको थियो । सर्पले टोक्ने बित्तिकै भरतपुरको पुष्पाञ्जली अस्पतालमा ल्याइएका उनको उपचारकै क्रममा बिहीबार दिउँसो निधन भएको परिवारले जनाएको छ ।
अन्य सर्पको टोकाइमा देखिने लक्षणभन्दा पण्डितमा फरक प्रकारका लक्षणहरु देखिएको अस्पतालले जनाएको छ । मृतक पण्डित मार्क फर्मुलेशन कम्पनी नारायणगढमा मेडिकल रिप्रजेन्टेटिभ पदमा कार्यरत थिए ।
प्रतिक्रिया