मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीको मनोबल उच्च पर्दै एसएसपी खनाल

प्रहरीको मनोबल उच्च पर्दै एसएसपी खनाल


भूकम्प प्रभावित जिल्लामा खटिएका प्रहरी कर्मचारीहरुलाई तनाव व्यवस्थापनका लागि नेपाल प्रहरीले  काउन्सेलिङ गर्ने अभियान अन्तर्गत प्रहरी बरिष्ठ उपरीक्षक सर्बेन्द्र खनालको नेतृत्वमा रहेको काउन्सेलिङ टोलीले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत कर्मचारीहरुलाई काउन्सेलिङ गरेको छ । विपदको वेला उद्धार, राहत तथा भग्नावशेष पन्छाउने लगायतका कार्यमा खटिएका प्रहरी अधिकृत तथा जवानहरुमा उत्पन्न तनाव कम गर्न काउन्सेलिङ गर्न नेपाल प्रहरीले चिकित्सकसमेत रहेको नेपाल प्रहरीका उच्च प्रहरी अधिकृत सम्मिलित टोली परिचालन गरेको हो । टोलीका संयोजक प्रहरी बरिष्ठ उपरीक्षक खनालले नागरिकलाई सेवा दिने क्रममा र भूकम्पका कारणले समेत उत्पन्न तनावलाई कम गर्न संगठनले पहल गरेको बताउँदै यसबाट प्रहरी कर्मचारीहरु लाभान्वीत भएको बताउनुभयो ।
 
 परामर्शले उनीहरुलाई काम गर्ने जाँगर र तनाव व्यवस्थापन गर्नमा सहयोग पुगेको उहाँले जानकारी दिनुभयो । काउन्सेलिङ लिएका प्रहरीहरुले पनि खनालको काउन्सेलिङ अत्यन्तै प्रभावकारी भएको र यसबाट आफुहरुलाई कार्य क्षेत्रमा खटिन उर्जा मिलेको प्रतिक्रिया दिएका छन् । प्रहरी बरिष्ठ उपरीक्षक सर्बेन्द्र खनाल प्रहरी संगठन मित्र अत्यन्त अब्बल दर्जाका अधिकृतका रुपमा परिचित हुनुहुन्छ । विषम अवस्थामा कुशल नेतृत्व लिन सक्ने खनाललाई प्रहरी संगठन भित्र धेरैले रोलमोडलको रुपमा लिने गरेका छन् । काठमाडौ होस् वा तराईका जिल्लाहरुमा प्रहरी प्रमुखको रुपमा खनालले गुण्डागर्दी रोक्न चालेको शशक्त अभियान अहिले पनि उत्तिकै चर्चाको शिखरमा रहेको छ । भारतका लागि समेत टाउको दुखाईको विषय बनेका सीमा क्षेत्रका डनहरुलाई पक्राउ गर्न खनाल सफल हुनु भएको थियो ।
 
 पहिलो संविधान सभाको चुनाव, २०६४ होस् या हालै सकिएको सार्क सम्मेलन । यी सबै खाले महत्वपूर्ण घटनामा सरोकारवालाई पुर्ण प्रत्याभुति दिन खनाल सफल भइसक्नु भएको छ । यसका अतिरिक्त विदेशमा हुने तालिमहरुमा पनि सर्वोत्कृष्ट भई खनालले प्रहरी संगठनको मात्र होइन देशकै शीर उच्च पार्दै आउनु भएको छ । अहिले विपतका कारण छटपटाइरहेका आफ्नै संगठनका अधिकारीहरुलाई कुशल काउन्सेलीङ दिएर उनीहरुको मनोबल उच्च पार्न सफल  खनाल सबैको प्रशंसाको पात्र बन्नु भएको छ । खनाल हाल नेपाल प्रहरीको केन्द्रीय सहप्रवक्ताको रुपमा पनि कार्यरत हुनुहुन्छ ।