मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महाभूकम्प पीडितहरुको घाउमा मलम लगाउँदै कांग्रेस नेता चित्रकार

महाभूकम्प पीडितहरुको घाउमा मलम लगाउँदै कांग्रेस नेता चित्रकार


हिमालय  खबर , ललितपुर ।   पूर्व सभासद् तथा नेपाली कांग्रेसका युवा नेता रामकृष्ण चित्रकारले महाभूकम्प पीडितहरुको लागि राहत उपलब्ध गराउँदै पुर्नस्थापना कार्यलाई पनि तीव्र पारिरहनु भएको छ । चित्रकारले वैशाख १२ मा महाभूकम्प गए लगत्तै केही हप्ता सम्म राहत तथा उद्दार कार्यलाई प्राथमिकता दिनु भएको थियो भने अहिले उहाँ पीडितहरुको पुर्नस्थापनमा लागि रहनु भएको छ । चित्रकारले आफनो गृह जिल्ला ललितपुर सहित महाभूकम्पबाट बढी प्रभावित एक दर्जन भन्दा बढी जिल्लामा लाखौं मुल्य बराबरको पाल, कम्बल, चामल, चिउरा, मैनबत्ती, सलाई लगायतका अत्यावश्यक सामाग्री वितरण गरिसक्नु भएको छ  ।
 
चित्रकारले स्थानीय प्रशासनसँग सहकार्य गरी आफनो गृह जिल्लामा पर्ने सिद्धिपुर, लुभु, लामाटार, बुङमती, खोकना, सुनाकोठी, हरिसिद्धी, ठैब लगायतका क्षेत्रमा उद्धार तथा राहत वितरण कार्यलाई तीव्र पार्नु भएको थियो । दोस्रो चरणमा उहाँले यसै साता अस्थायी घर टहरा निर्माणका लागि विभिन्न ठाउँमा जस्तापाता उपलब्ध गराउनु भएको छ । उहाँले सिद्धिपुर, लाकुरी भन्ज्याङ र इमाडोलमा ६२ बण्डल जस्तापाता उपलब्ध गराउनु भएको छ । त्यस्तै शनिवार बालकुमारी आसपासको क्षेत्रमा उहाँले २ सय ६३ थान जस्तापाता वितरण गर्नु भएको छ । अब छिट्टै स्थानीय सामाजिक संघ संस्था सँग सहकार्य गरी महाभूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुर्ननिर्माणमा जुट्ने जानकारी चित्रकारले दिनुभयो ।
 
महाभूकम्प पीडितहरुलाई राहत तथा पुर्नस्थापनका क्रममा व्यक्तिगत रुपमा ५० लाख भन्दा बढी खर्च गरिसक्नु भएका चित्रकार एउटा नेपालीलाई दुख पर्दा अर्को नेपालीले सहयोग गरेमात्र राष्ट्रिय एकता बलियो हुने बताउनुहुन्छ । आफनो संलग्नता रहेको राज श्री कलेज, ललितपुर कलेज र युनाइटेड कलर फेसनको तर्फबाट पनि आफुले पीडितहरुका लागि सहयोग जुटाएको चित्रकारले बताउनुभयो ।