काठमाडौं, जेठ ३० – शनिबार बिहान दोलखा केन्द्रबिन्दु भएर शनिबार विहानै दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ८ रेक्टरको भूकम्पको धक्का गएको छ । बिहान ७ बजेर ३ मिनेट जाँदा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो शुक्रबार बिहान १० बजेर १९ मिनेटमा दोलखा केन्द्र विन्दु भएर गएको परकम्पपछिको ४ रेक्टरमाथिको अहिलेसम्मको एक मात्र परकम्प हो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बिन्दु भएर भूकम्प गएपछि यो सहित अहिलेसम्म ४ रेक्टरमाथिका ३ सय १४ वटा परकम्प गएको केन्द्रले जनाएको छ । ठूलो भूकम्पपछि साना पराकम्पन आउँनु स्वभाविक भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया