मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

BREAKING NEWS : सहमतिको प्रतिवेदन मस्यौदा समितिमा;नयाँ संविधानको पहिलो मस्यौदा १५ दिनभित्रै

BREAKING NEWS : सहमतिको प्रतिवेदन मस्यौदा समितिमा;नयाँ संविधानको पहिलो मस्यौदा १५ दिनभित्रै


काठमाडौं / जेष्ठ २९  – संविधानसभाले संविधानको मस्‍यौदा निर्माणका लागि संवैधानिक समितिको प्रतिवेदन मस्यौदा समितिमा पठाइएको छ। 
 
संविधानसभाको शुक्रबारको बैठकले संवाद समितिको प्रतिवेदन पारित गर्दै कृष्ण सिटौला नेतृत्वको संविधान मस्यौदा समितिमा पठाएको छ ।
 
प्रमुख चार दलले १६ बूँदे सहमति सार्वजनिक गर्ने क्रममा असार मसान्त या साउनको पहिलो साताभित्र नयाँ संविधान जारी गर्ने आन्तरिक सहमति जनाएका छन् । सो सहमतिअनुसार संविधान निर्माण प्रक्रियाले एकाएक गति लिएको छ ।
 
संविधानसभाको शुक्रबारको बैठकमा सामान्य छलफलपछि दुई तिहाईभन्दा बढी बहमुतले उक्‍त प्रतिवेदनलाई मस्यौदा समितिमा पठाउने निर्णय गरेको हो। १५ दिनभित्र मस्‍यौदा तयार गरेर संविधानसभासमक्ष पेस गर्नुपर्ने निर्देशन संविधानसभाले प्रतिवेदन पठाएको हो।
 
डा.बाबुराम भट्टराई अध्यक्ष रहेको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले जेठ २८ गते संविधानसभा प्रतिवेदन पेस गरेको थियो।
 
संविधानका मूल विवादमा जेठ २५ गते दलहरुबीच १६ बुँदे सहमति भएपछि २६ गतेको संविधानसभाको बैठकमा त्यसलाई प्रस्तुत गरेर त्यसैदिन संवैधानिक समितमा पठाइएको थियो। 
 
कांग्रेस महामन्त्री कृष्ण सिटौला नेतृत्वको संविधान मस्यौदा समितिले संविधानको मस्यौदा लेखन शुरु गर्नेछ । सहमतिको प्रतिवेदन मस्यौदा समितिमा गएलगत्तै बाबुराम भट्टराई नेतृत्वको संवाद समिति निष्किय भएको छ ।