मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हिमालयन फेस्टिवल अमेरिकाको भव्य कार्यक्रमहरु

हिमालयन फेस्टिवल अमेरिकाको भव्य कार्यक्रमहरु


हिमालय खवर संबाददाता, टेन्नेस्सि  – हिमालयन फेस्टिवल अमेरिका- Himalayan Festival USA  (HFUSA)  ले यही जुन १९ देखि २१ सम्म सधै झै विभिन्न कार्यक्रमहरु गरि यस पटक अमेरिकाको नेस्सभील, टेन्नेस्सिमा  भव्य रुपमा  यसको वार्षिकि मनाउने तयारी भइरहेको कुरा आयोजक टिमले  हिमालय खबरलाई बताएको छ  । कार्यक्रम संचालकका अनुसार कार्यक्रम अवधि भरमा विभिन्न क्षेत्रमा ख्याति कमाएका कलाकारहरुवाट नृत्य, गायनका कार्यक्रमहरु हुनेछन ।
 
यस्तै थप आर्कषणका रुपमा सुन्दरी प्रतियोगिता र चलचित्र प्रर्दशनी पनि हुने छ । जसका लागी नेपालका प्रसिद्ध गायकद्धय निमा रुम्वा र नलिना चित्रकारको सहभागीता पक्का पक्कि छ भने स्थानीय भुटनिज गायक एवं कलाकारहरुले उनीहरुलाई साथ पनि दिनेछन । यस वाहेक कलाकार एवं मोडल मलिना जोशी र विनय श्रेष्ठको उत्कृष्ठ कलाकारीता पनि देख्न पाइनेछ ।यस्तै कार्यक्रमको अर्को झल्कोका रुपमा नेपाली चलचित्रहरु रेशम फिलीली र देश खोज्दै जादा देखाइनेछ । 
 
 आयोजकका तर्फवाट स्थानिय राजन गिरीले हिमालय खबर लाई जानकारी दिए अनुसार कार्यक्रम ग्लोवल मल इभेन्ट हल, 5252  Hickory Hollow Pkwy, Antioch, TN 37013  मा संचालन हुनेछ । यस्तै कार्यक्रमवाट प्राप्त  रकम नेपालमा भूकम्प पिडितहरुको सहयोगका लागी खर्च गरिने पनि उनले वताउका छन ।