मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आमा हत्या आरोपमा छोरासहित चार पक्राउ

आमा हत्या आरोपमा छोरासहित चार पक्राउ


चितवन । पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउपरेका छन्। रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्धजाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनलेअनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले आज जानकारी दिए।
 
जेठो छोरा कृष्ण अधिकारीसँग बस्दै आएकी आमा धनकुमारीअधिकारीलाई कुटपिट गरी हत्या गरेको घटनामा अनुसन्धान गर्न छोरा पक्राउगरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए।
उनका अनुसार जेठा छोरा कृष्ण अधिकारीसहित उनकीश्रीमती रेणु अधिकारी, अर्का छोरा शालिग्राम र नाति प्रदीप अधिकारीलाईपक्राउ गरिएको प्रहरीले जनाएको छ। घरभित्रै कुटपिटबाट गम्भीर घाइते भएकीधनकुमारीको जेठ १४ गते उपचारका क्रममा मृत्यु भएको थियो।
 
सो घटनामा कृष्ण अधिकारीले माइला भाइ शालिग्रामघटनामा संलग्न भएको आरोपमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले हिरासतमाराखेर अनुसन्धान गरी छाडेको थियो। पछि फेरि जेठा छोरा कृष्णविरुद्ध माइलाछोरा शालिग्रामले पनि उजुरी दिएपछि उनीसहित चारलाई पक्राउ गरी अनुसन्धानसुरु गरिएको प्रहरीले जनाएको छ। खैरहनीका प्रहरी निरीक्षक चिनकपुर गुरुङले आफूहरुलाईस्थानीयवासीले घटनाको थप अनुसन्धान गर्न गएको टोलीलाई अनुसन्धान गर्न नदिएको बताए। रासस