मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अत्यधिक लोडको ट्रिपरले पुल नै भाँचियो

अत्यधिक लोडको ट्रिपरले पुल नै भाँचियो


हिमालय खबर चितवन (माडी) । माडी नगरपालिकाको लक्ष्मुनिया गाँउमा १४ वर्ष पुरानो पुलमाथिबाट क्षमताभन्दा बढी लोडसहितको ट्रिपरले गाब्रेलिङ ओसारपसार गरेपछि भाँचिएको छ । निर्माणाधीन कृषि सडकमा ग्राबेलिङ गर्न सडक निर्माण उपभोक्ता समितिले स्थानीयसँग छलफल तथा पुलको अवस्था मध्यनजर नगरी बिहानदेखि ग्राबेल ओसारपसार गर्न थालिएपछि पुल दिउँसो २ बजेर ३० मिनेट जाँदा भाँचिएको हो । 
 
बरुवा लक्ष्मुनिया जोड्ने सो पुल भाँचिएपछि नजिकिएको वर्षायाममा करिब १ हजार ५ सय घरधुरीका सर्वसाधारणले सास्ती खेप्नुपर्ने भएको छ । २०५८ सालमा ३ लाख रुपैयाँमा निर्माण भएको सो पुलको लम्बाई १५ मिटर तथा चोडाई ५ मिटरको रहेको छ । पुल निर्माण समितिका अध्यक्ष गंगाधर पौडेल रहेका थिए । पुल भाँचिए पनि चालक भने सकुशल नै रहेको जनाइएको छ ।
 
सांसद विकास कोषअन्तर्गतको बजेट कृषि सडक निर्माणका लागि सभासद् विक्रम पाण्डेले ग्रामीण सडक विस्तार कार्य थालनी गरिरहेका छन् । कृषि सडक निर्माण उपभोक्ता समितिको अध्यक्षमा राप्रपाका स्थानीय नेता मदन पौडेल छन् । १२ टनबराबरको क्षमता रहेको सो पुलमा २० टनभन्दा बढी लोडसहितका ट्रिपर चलाउनु नै स्थानीयले पुल भाँचिनुको कारण भएको दाबी गरेका छन् ।
 
कमजोर ईन्जिनियरिङ र पुल पनि पटकपटकको बाढीको धक्काले चर्किसकेको थियो । कृषि सडक निर्माण उपभोक्ता समितिले समेत चालकलाई सचेत नगर्नु, चालकको लापरबाही, पुल कमजोर बन्नुजस्ता कारणले दुर्घटना भएको जनाइएको छ । स्थानीयले तत्काल पुल निर्माणको माग गरेका छन् ।