मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री महतको भेट

भारतीय प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री महतको भेट


 
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हुन गइरहेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सकेसम्म समय मिलाएर भाग लिन आउने बताउनुभएको छ । आज नयाँ दिल्लीस्थित आफ्नो कार्यकक्षमा दाता सम्मेलनमा सहभागी भइदिन अर्थमन्त्री डा रामशरण महतले नेपाल सरकारका तर्फबाट हस्तान्तरण गर्नुभएको निमन्त्रणापत्र स्वीकार गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो कुरा बताउनुभएको हो । 
 
सो अवसरमा प्रधानमन्त्री मोदीले पुनःनिर्माणको काममा भारत नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।  “नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सकेसम्म समय मिलाएर आउनेछु र पुनःनिर्माणको लागि नेपाललाई भारत जस्तोसुकै सहयोग गर्न पनि तयार छ,” प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै अर्थमन्त्री डा महतले रासससँग भन्नुभयो । 
 
अर्थमन्त्री डा महतले भारतीय प्रधानमन्त्रीसँगको भेट अत्यन्त सकारात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभयो । अर्थमन्त्री डा महतका अनुसार प्रधानमन्त्री मोदीसँग दुई देशको आर्थिक मुद्दा र भूकम्पपछि नेपालको पुनःनिर्माण अभियानबारे छलफल भएको थियो । अर्थमन्त्री डा महतले विपद्को अवस्थामा भारतीय जनता र भारतीय सरकारले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो । 
 
अर्थमन्त्री डा महतले भारतले विकट स्थानमा पुगेर हेलिकप्टरबाट भूकम्पपीडितको उद्धारमा ठूलो सहयोग पु¥याएको गरेको प्रसङ्गसमेत उल्लेख गर्नुभएको थियो । “पुनःनिर्माणको समयमा पनि भारतीय जनता र भारतको सहयोग जरुरी रहेकाले त्यसमा सहयोग गर्न मैले नेपालका तर्फबाट आग्रह गरेँ,” अर्थमन्त्री डा महतले भन्नुभयो ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा महतबीचको भेट अत्यन्त सकारात्मक र उत्साहवद्र्धक भएको प्रतिक्रिया दिनुभयो । रासस