मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अमेरिका पठाई दिन्छु भनि २१ लाख ठग्ने पक्राउ

अमेरिका पठाई दिन्छु भनि २१ लाख ठग्ने पक्राउ


अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ठमेलस्थित ग्रिन पेजेज पव्लिकेशन हाउस सञ्चालन गरी बस्ने वर्ष ३८ का नरेश डिसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले जनाएको छ। 
 
पीडित व्यक्तिको उजुरीको आधारमा डिसीलाई जेठ २७ गते टेकुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
 
उनले कास्की लेखनाथ नगरपालिका वडा नं.१२ बस्ने एक महिलालाई अमेरिकामा राम्रो जागिर लगाई दिन्छु भनि २१ लाख ८० हजार र पासपोर्ट लिएका थिए। उनी टेकुबाट पक्राउ परेका हुन्।