मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गगन थापा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्रीका पक्षमा

गगन थापा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्रीका पक्षमा


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता एवम् सभासद् गगन थापाले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाएका छन् । उनले नोट अफ डिसेन्ट लेखेर भए पनि संविधान निर्माण प्रक्रियामा सामेल हुनुपर्ने र यो नै देशको हितमा हुने धारणा राखेका छन् ।
 
थापाले १६ बुँदेको निर्वाचन प्रणाली र शासकीय स्परुपमा आफ्नो फरक मत रहेको बताए । ‘शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ’ थापाले भने९‘आगामी दिनमा पनि म यो मतलाई उठाइरहन्छु ।’
 
पार्टी र संविधानसभामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा समेत आफ्नो मत राख्दै आएका थापाले औपचारिक रुपमै सम्वाद समितिमा भने नोट अफ डिसेन्ट लेखेका भने होइनन् । थापा सम्वाद समितिमा पनि सामेल छैनन् ।
उनले मिश्रित निर्वाचन प्रणालीको सट्टामा समानुपातिक सूची प्रदेशलाई निर्वाचन क्षेत्र मानेर हुनुपर्ने आफ्नो धारणा रहेको बताए । कांग्रेस सभासद् थापाले १६ बुँदेमा स्थानीय निकायबारे प्रष्ट नबोलिएकोमा असन्तुष्टि जनाए ।
 
निर्वाचनको मिति वा समयसीमा तोकिनुपर्ने भन्दै थापाले फेसबुक पेजमा लेखेका छन्, जसरी संविधान जारी भएपछि अन्तरिम संविधानकै प्रावधानअनुसार राष्ट्रपतिको चुनाव गर्ने संक्रमणकालीन व्यवस्था राखिएको छ । संविधान जारी हुनासाथ अहिलेकै संरचनामा अन्तरिम स्थानीय निकायको चुनाव गर्नुपर्छ ।’ नयाँ सीमांकन भएपछि हुने चुनावले त्यो निकायले विस्थापित गर्ने थापाको प्रस्ताव छ । थापाले १६ बुँदेप्रति असन्तुष्ट विपक्षी मोर्चाका दलहरुलाई फरक मत राखेर भएपनि संविधान निर्माण प्रक्रियामा ल्याउनु पर्नेमा जोड दिएका छन् ।
 
यसका लागि एकीकृत नेकपा माओवादीले समेत पहल लिनुपर्ने उनको बताए । ‘जसरी हिजो माओवादीले बहुमतीय प्रक्रियाको विरोध गरेर सहमतिबाट मात्र संविधान बन्नुपर्छ भनेर आन्दोलन गरेको थियो’ कांग्रेस सभासद् थापाले अहिलेको सहमति चित्त नबुझेका दलहरुले पनि त्यही नारा दिएर आन्दोलन थालेमा सबैभन्दा धर्मसंकट पनि एमाओवादीलाई नै पर्ने बताए ।