मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनआरएनएद्वारा संविधान निर्माणका लागि भएको सहमतिको स्वागत

एनआरएनएद्वारा संविधान निर्माणका लागि भएको सहमतिको स्वागत


काठमाडौँँ । अन्तर्राष्ट्रिय समन्वय परिषद्, गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले संविधान निर्माणका लागि चार दलबीच भएको सहमतिको स्वागत गरेका छन् । अध्यक्ष घलेले एक विज्ञप्ति जारी गर्दै संविधान निर्माण प्रक्रियालाई द्रूत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरुबीच भएको सभझदारी र प्रतिबद्धताको गैरआवासीय नेपाली संघले स्वागत गरेको जनाएका छन् ।

देश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण, पुनःस्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आवश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको अभूतपूर्व एकताले नेपाली जनता र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा आशाको सञ्चार गराएको घलेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राजनीतिक दलहरुले गरेको सहमतिअनुसार अब केही महिनामै मुलुकले नयाँ संविधान पाउने र मुलुकमा राजनीतिक स्थिरता कायम भई पुनर्निर्माण र आर्थिक समृृद्धिको मार्गमा अघि बढ्ने विश्वास लिएको उनले उल्लेख गरेका छन् ।

योसँगै मुख्य राजनीतिक दलहरुबीच भएको सहमतिअनुसार नयाँ संविधानमा गैरआवासीय नेपालीहरुले नागरिकता पाउने विषयको समेत सम्बोधन हुने विश्वासका कारण हामी थप उत्साहित खुसी भएको र मातृभूमिलाई संकट परेका बेला नेपालमै आएर केही गर्ने अठोट बोकेका मनकारी गैरआवासीय नेपालीहरुलाई यसले थप उत्साह र हौसला प्रदान गर्ने उनले बताएका छन् ।

संविधान निर्माण र स्थायि¤वसँगै गैरआवासीय नेपाली संघ मुलुकको आर्थिक समृद्धि र पुनर्निर्माणमा साझेदार बनेर योगदान गर्न तप्पर रहेको उनले जनाएका छन् । नेपालमा सीप, ज्ञान र पुँजी भित्र्याएर मुलुकलाई समृृद्ध बनाउने हाम्रो अभियानलाई अझै उचाईमा पु¥याउने प्रतिबद्धता पनि उनले जनाएका छन् ।