मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नलाङमा चट्याङमा परेर एकको मृत्यु, चार घाइते

नलाङमा चट्याङमा परेर एकको मृत्यु, चार घाइते


धादिङ । धादिङको नलाङ गाविसको नयाँ बस्तीमा चट्याङले लागेर एकजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् ।  बुधबार साँझ ६ बजेतिर परेको चट्याङ लागेर नलाङ गाउँ विकास समितिको वडा नं ६ नयाँबस्तीका ५५ वर्र्षीया सुन्तली नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।  
 
लामो खडेरीपछि बुधबार दिउँसो पानी पर्न सुरु भएलगत्तै परेको चट्याङले लागेर सोही ठाउँका  चारजना घाइते भएका छन् । यसै गरी गाउँमा रहेका घरपालुवा पशु पनि मरेको स्थानीयले बताएका छन् ।  
धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्लका अनुसार चट्याङ लागेर घाइते १ महिलासहित अन्य चारजना घाइते भएका छन् । घाइतेसबैलाई उपचारका लागि जिल्ला अस्पताल धादिङवेशी ल्याइएको छ ।