मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

BREAKING NEWS : टेक्सासमा नेपाली महिलाको गोली हानी हत्या (भिडियो सहित)

BREAKING NEWS : टेक्सासमा नेपाली महिलाको गोली हानी हत्या (भिडियो सहित)


हिमालय खबर, टेक्सास – अमेरिकाको टेक्सास राज्यको डेन्टनमा घर भई घर नजिकैको अर्को शहर कोलोनीमा व्यापार गर्ने समीरा शिवाकोटीको आज बुधबार आफैले संचालन गर्दै आएको 7400 Main Street, Colony मा रहेको Rapido Convenience Store मा दिउसो लगभग ११:०० बजेको समयमा आएको एक लुटेरा द्वारा गोली हानी हत्या गरिएको छ ।
 
 
 बिगत ४ बर्ष देखि समीरा र उनका श्रीमान नवराज शिवाकोटीले यस स्टोर आफैले संचालन गर्दै आइरहेका थिए। ३१ बर्षिय उनका ३ बर्ष भन्दा कम उमेरका दुइ छोरीहरु रहेको डेन्टन बासीले जनाएका छन्। हाल उनको शब परीक्षणका लागी फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको जानकारी प्राप्त भएको छ। पुलिसले दिएको जानकारी अनुसार उनको अनुहारमा एक चोटी गोलि प्रहार गरिएको थियो I हत्याराले टाउकोमा सेतो फेटा बाँधेको र कालो कपडा पहिरिइको पसलको सिसिटिभि क्यामेरामा देखिएको छ। प्रहरीले हत्याराको खोजी भइरहेको छ।
 
हिमालय खबर यस दुखद घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक शन्तप्त परिवार प्रति धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन भन्ने कामना गर्दछ।