मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा खेमलाल लामिछाने स्मृति पुरस्कार स्थापना

चितवनमा खेमलाल लामिछाने स्मृति पुरस्कार स्थापना


चितवन । चितवनको अग्रणी साहित्यिक संस्था चितवन साहित्य परिषद्ले ५० हजार राशीको पुरस्कार स्थापना गरेको छ ।

परिषद्ले वरिष्ठ समाजसेवी स्व खेमलाल लामिछानेको स्मृतिमा ‘खेमलाल लामिछाने स्मृति पुरस्कार’ स्थापना गरी नेपाली भाषा, कला, साहित्यको क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याउने श्रष्टा वा संस्थालाई समर्पण गर्ने जनाएको छ ।

गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष साहित्यकार जीवा लामिछानेले स्वर्गीय बुबा खेमलाल लामिछानेको पुण्य तिथिमा हरेक वर्ष वितरण गर्ने गरि पुरस्कारको व्यवस्था मिलाएको परिषद्का पूर्व अध्यक्ष केदारनाथ खनालले बताउनुभयो ।

पुरस्कारबारे व्यापक छलफल गरी यस वर्षको सो पुरस्कार आगामी भानु जयन्तीमा प्रदान गरिने परिषद्का सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

परिषद्ले यसअघि कृष्णकमारी गुरुङ स्मृति पुरस्कार, चिसाप प्रतिभा पुरस्कार तथा कृष्ण–कृष्णा पुरस्कार स्थापना गरी समर्पण गर्दै आएको छ ।