मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सेन्ट लुइसमा ६० नेपाली विद्यार्थी अलपत्र

सेन्ट लुइसमा ६० नेपाली विद्यार्थी अलपत्र


अध्ययन गर्न भन्दै अमेरिकाको सेन्ट लुइस पुगेका ६० नेपाली विद्यार्थी आठ महिनादेखि अलपत्र परेका छन्। सेन्ट लुइस मिसउरी राज्यको एउटा सहर हो। यो एक बन्दरगाह पनि हो। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।
 
अलपत्र परेकामध्ये थुप्रैलाई स्थानीय प्रहरीले पक्राउ गरेर छाडेको छ। केही भने अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) को सहयोगमा नेपाल फर्किने क्रममा छन्।
 
परराष्ट्र मन्त्रालयका प्रवक्ता ताराप्रसाद पोख्रेलले नेपाली विद्यार्थी सेन्ट लुइसमा अलपत्र परेको जानकारी आएको बताए। 'उनीहरू कसरी र कुन च्यानलबाट त्यहाँ पुगेको भन्ने प्रस्ट छैन', उनले भने।
 
विद्यार्थीका आफन्तले दुई महिनाअघि परराष्ट्र मन्त्रालयसँग उनीहरूलाई फिर्ता ल्याउन सहयोग गरिदिन आग्रह गरेका थिए। तर नेपाली विद्यार्थीहरू सेन्ट लुइसबाट विश्वका अन्य मुलुकतर्फ छिर्ने प्रयास गर्दा पक्राउ परेको हुनसक्ने परराष्ट्रका अधिकारीले बताए।
 
सेतोपाटीमा आधारित समाचार