मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मुनद्वारा १६ बुँदे सहमतिको स्वागत

मुनद्वारा १६ बुँदे सहमतिको स्वागत


संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपालका राजनीतिक दलहरुबीच सोमबार राति भएको १६ बुँदे सहमतिको स्वागत गरेका छन्।  उनले सो सहमति नेपालको प्रजातान्त्रिक विकासमा कोसेढुंगा भएको बताएका छन्। 
 
सहमतिका लागि नेपालका नेताहरुको गरेको परिश्रम र  देखाएको नेतृत्व क्षमताको मुनले प्रशंसा गरेका छन्। वैशाख १२ को भूकम्पले सिर्जना गरेको समस्यासँग जुध्नका लागि यो सहमति उपलब्धीपूर्ण हुने मुनले उल्लेख छन्। 
 
मुनले सबै राजनीतिक दललाई सहमतिलाई कार्यान्वयन गर्न  प्रभावकारी कदम चाल्न  र संविधानका बाँकी विषयहरुमा काम गरी छिटै समावेशी संविधान बनाउन पनि सुझाव दिएका छन्। मुनले नेपालको शान्ति प्रक्रिया र पूनर्निर्माणको काममा राष्ट्र संघको सहयोग जारी रहने प्रतिबद्धता पनि ब्यक्त गरेका छन्।