धादिङ । डेढ महिनाअघि आएको विनाशकारी भूकम्पमा परेर धादिङ जिल्लामा २ सय ३४ बालबालिकाको ज्यान भएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार भुकम्पमा परी १८ वर्षमुनिका १ सय ३८ जना बालक र ११६ जना बालिकाको मृत्यु भएको हो । समितिका संयोजक एवम् धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार जिल्लामा भूकम्पमा परी १ सय २६ जना सख्त घाइते भएका छन् ।
यसैगरी १२ जना बालबालिकाले दुवै अभिभावक गुमाएका छन् । ६८ जनाले एकजना अभिभावक गुमाएका छन् । भूकम्पको कारण जिल्लाभर ७ सय ३७ जनाको ज्यान गएको समितिले जनाएको छ ।
प्रतिक्रिया