मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बसको ठक्करबाट बृद्ध यात्रुको मृत्यु

बसको ठक्करबाट बृद्ध यात्रुको मृत्यु


धादिङ । धादिङको नौबिसेमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ ।  धादिङको नौबिसे–६ घर भएका ६२ वर्षीय बच्चुराम भण्डारीलाई बसले ठक्कर दिई उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा उनको ज्यान गएको इलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ । 
 
बिरामी परेर उपचारका लागि भारत गएका भण्डारी श्रीमतीसहित घर फर्कंदै गर्दा घरभन्दा आधाघण्टानजिकको दूरीमा आएपछि दुर्घटनामा परेका हुन् । भण्डारी चढेर आएको महेन्द्रनगरबाट काठमाडौँका लागि चल्ने रात्रिबस बुधबार बिहान ८ बजेतिर नौबिसेको आँधीखोला होटलअघि रोकेको थियो । 
 
आफू चढेको बस रोकिएपछि सडक छेउतर्फ निस्कन लाग्दा काठमाडौँबाट धादिङबेसी आउँदै गरेको बा ३ ख १६६० नम्बरको बसले भण्डारीलाई ठक्कर दिएर घाइते बनाएकोमा तत्काल उपचारका लागि काठमाडौँ पठाइएकोमा उनको ज्यान गएको प्रहरीले जनाएको छ । 
 
भण्डारीलाई ठक्कर दिने बस नियन्त्रणमा लिई चालकलाई हिरासतमा राखी अनुसन्धान भइरहेको खानीखोलास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबन्धु पौडेलले जानकारी दिए ।