मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सिर्जनशील नेपाली समाजद्धारा नेपाल भूकम्प पिडितलाई पच्चीस लाख रूपियाँ हस्तान्तरण

सिर्जनशील नेपाली समाजद्धारा नेपाल भूकम्प पिडितलाई पच्चीस लाख रूपियाँ हस्तान्तरण


अमेरिका २७ जेष्ठ – सिर्जनशील नेपाली समाज (CNS) Houston, Texas USA ले नेपाल भूकम्प पिडितहरुका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।
 
समाजले नेपाल भूकम्प पिडितहरुका लागि संकलित राहत रकम हस्तान्तरण कार्यक्रम एक भब्य कार्यक्रमकाबीच ६ जून  २०१५ ( शनिवार)का दिन सम्पन्न गरेको हो। पन्चकन्या (Anshu, Susmita, Sandhya, Jigyasha,उषा) द्धारा फूलको गुच्छाले प्रमुख अतिथिको स्वागत पश्चात संस्थाका सचिव केशब भुषालको संचालन र अध्यक्ष उमापति भुसालको अध्यक्षतामा प्रारम्भ भएको उक्त कार्यक्रममा  अमेरिकाका लागि नेपाली राजदूत महामहिम  डा. अर्जुन कार्की प्रमुख अतिथि रहनुभएको थियो।
 
कार्यक्रमको सुरुवात सामुहिक नेपाली राष्ट्रियगानबाट भएको थियो भने कार्यक्रमको अवसरमा उपाध्यक्ष  बिष्णु त्रिपाठीले आफ्नो मन्तव्यसहित  उपस्थित सबैलाई स्वागत गर्नुभएको सो कार्यक्रममा ब्याच वितरण सहसचिव गीता आचार्य पाण्डेयले गर्नु भएको थियो  ।भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा ४५ दिनको पुण्य तिथि समेत भएकोले १ मिनेट उठेर मौन धारण गरि  हार्दिक श्रद्धान्जली प्रकट गरियो।
 
प्रमुख अतिथि महामहिम राजदूत डा कार्कीले मैन प्रज्वलन गरि "CNS राहत रकम हस्तान्तरण कार्यक्रम" को विधिवत् समुद्घाटन गर्नुभयो भने सस्थाका अध्यक्ष उमापति भुसाल र आकस्मिक कोषका संयोजक गंगा शर्माले संयुक्त रुपमा मायाको चिनो र खादा प्रदान गरि प्रमुख अतिथिलाई  औपचारिक बधाई ज्ञापन गर्दै स्वागत समेत गरेर संस्थाको तर्फबाट  कार्यकालको पूर्ण सफलताको कामना गरियो।
 
कार्यक्रममा संस्थाका कोषाध्यक्ष बालकृष्ण बानियाले आफ्नो महत्वपूर्ण मन्तब्यसहित सम्पूर्ण व्यक्ति, संस्था तथा विभिन्न कम्पनिको नामावली सहित संकलित राहत राहतको विवरण प्रस्तुत गर्नुभयो।
उहाँले संस्थाको स्थापनाले अन्य क्रियाकलापकका साथै यस्तो अवस्थामा  निकै सहयोग पुगेको बताउनु भयो। त्यस्तै गरि मन्तब्य क्रममा संस्थाका सल्लाहकार मिन् विक्रम शाहले संस्थाका सम्पूर्ण कामहरु अत्यन्तै प्रभावकारी भैरहेको र राहत संकलन अभियान पनि निकै राम्रो भएको बताउनुभयो भने अर्का सल्लाहकार तथा आकस्मिक कोषका संयोजक गंगा शर्माले संस्था व्यक्तिहरुको संगठित रुप भएकोले संस्थाबिना सामाजिक कामको कल्पना गर्न सकिदैन र छोटो समयमा संस्थाले निकै प्रगति गरेकोमा  खुशी  लागेको भन्दै र अहिलेको राहत संकलन अभियानमा तन , मन र धन दिई सहयोग पुर्याउने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नु भयो।
 
उहाँले नेपालमा नेता धेरै भए तर राजनेता भएन जसले गर्दा आशा गरेजति काम हुन् सकेको छैन ,आशा छ हाम्रो राहत रकमको सहि सदुपयोग गर्ने कुरामा महामहिमको भूमिका रहने छ भन्दै राजदुतको ध्यान आकर्षण गराउनु भयो। कार्यक्रमको बीचमा संस्थाका अध्यक्ष लगायतका पदाधिकारीद्वारा सामुहिक रुपमा $24,501.00 US Dollars (पच्चीस लाख रुपियाँ) को चेक कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत डा. अर्जुन कार्की मार्फत प्रधानमन्त्री राहत कोष  (Prime Minister’s Disaster Relief Fund)लाई हस्तान्तरण गर्ने काम सम्पन्न भयो।
 
कार्यक्रममको अवसरमा प्रमुख अतिथि महामहिम राजदूत डा. अर्जुन कार्की र  संस्थाका अध्यक्ष उमापति भुसालद्वारा संयुक्त रुपमा दाताहरुलाई प्रशंसा-पत्र वितरण गर्ने काम सम्पन्न भयो जसले दाताहरुलाई उत्साहित बनाएको थियो। आफ्नो उद्घाटन मन्तव्यको क्रममा प्रमुख अतिथि डा. अर्जुन कार्कीले राजदूतको प्रमुख कार्य सम्बन्धित देशसंग नेपालको कुटनैतिक सम्बन्ध  स्थापना , विस्तार र विकास गर्नुको साथै प्रवासमा रहेका नेपाली Diaspora लाई आवश्यक सहयोग र संरक्षण  गरि  नेपालसंगको सम्बन्ध स्थापित गर्न सेतुको रुपमा काम गर्नु भएको भएपनि देशले  अहिले ठुलो विपत्तिको सामना गर्नुपरेको यस अवस्थामा नेपाल  र नेपालीको स्वाभिमानमा आंच नआउनेगरी  विभिन्न दाताहरुसंग राहतका  लागि आग्रह गर्नुपर्ने जिम्मेवारी थपिएको छ।
 
हामी सहयोगको राशी भन्दापनि भावनालाई बढी महत्व दिन्छौं किनकी भावनासहितको सहयोग सानो भएपनि त्यो सहयोग दिगो र बढी मुल्यवान हुन्छ भन्नुभयो ।अमेरिकाको कानुन अनुसार दर्ता भई संचालन भएका सामाजिक संघ -संस्थाहरुलाई निकै सतर्कताका साथ् बुझेर मात्र संचालन गर्न समेत उहाँले आग्रह गर्नुभयो ताकी भोलि कानुनी झन्झट बेहोर्न नपरोस। राजदूत कार्कीले ब्यस्त समयका बाबजुद संस्था संचालन गरि यस प्रकारका परोपकारी काममा जुट्नु निकै महत्वपुर्ण कार्य भएको बताउदै यस्ता कार्यक्रमबाट स-साना बाबुनानीले राम्रा कुरा सिक्ने मौका प्राप्त भन्दै यस अभियानमा लाग्ने  सम्बन्धित सबैलाई धन्यबाद दिनुभयो।साथै उहाँले अधिकार र कर्तव्य दुवै एउटा सिक्काका दुई पाटा जस्तै हुन् , एउटाको अभावमा अर्को निरर्थक बन्छ भन्दै राष्ट्रलाई अहिले निकै ठूलो विपत् परेको छ , हामीले व्यक्तिगत रूपमा वा सामूहिक रूपमा गर्ने सहयोग राज्यलाई गरेनौं भने प्रवासी नेपालीको हैसियतले माग्नुपर्ने अधिकार माग्नुपर्दा अप्ठ्यारोमा पर्न सकिन्छ।
 
अत: हरेक काम गर्दा सुझबुझपूर्ण तरीक़ाले गर्नुपर्दछ भन्नुभयो र अन्तमा CNS Houston को आतिथ्यता र सद्भाव कहिल्यै नभुल्ने बताउदै आफूले गर्न सक्ने सहयोग गर्ने बताउनुभयो। कार्यक्रमको अन्तमा , कार्यक्रम अध्यक्ष एवं संस्थाका अध्यक्ष उमापति भुसालले व्यस्त समयका बाबजुद हाम्रो आमन्त्रणलाई प्राथमिकतामा राखी पाल्नुहुने प्रमुख अतिथि र संस्थाको कार्यक्रमलाई महत्व दिई उपस्थित सबैलाई धन्यवाद दिनुका साथै दाताहरुको सहयोग एवं समितिका सहकर्मिहरुको लगनशीलताका लागि धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गर्नुको साथै CNS ले नेपालमा भुकम्प गएकै दिन संस्थाको आकस्मिक बैठक बोलाई राहत संकलन अभियान संचालन गरेको र संस्थाको अनुरोधमा सबैबाट पर्याप्त सहयोग भएकोमा खुशी व्यक्त गर्नु भयो ।राहत संकलनमा बालक देखि बृद्ध सम्म परिचालित हुनुले संस्थामा सबैको सक्रिय सहभागिता भएको पुष्टि हुन्छ भन्दै जसको फलस्वरूप हरेक कार्यक्रम प्रभावकारी रूपमा सफल भएका छन्।
 
संस्थाका  हरेक काम  पद्दति अनुसार हुने हुनाले छोटो समयमा संस्था मजबूत बन्न सकेको छ भन्ने कुरा राख्दै संकलित राहत रकम पठाउने सबैभन्दा राम्रो माध्यम दूताबास भएको र पुननिर्माणको काम समानुपातिक र न्यायोचित हिसाबले राज्यले नै गर्नुपर्ने बताउनु भयो साथै उहाँले Washington DC देखि Houston धेरै टाढा भएकोले र हाल Houston मा नेपाली जनसंख्या बढिरहेको हुँदा Nepal सम्बन्धि कामहरु गर्न कठिनाई  भएकोले सम्भव भएमा Houston मा एउटा Consulate अफिस राख्ने तर्फ सोच्न समेत राजदूतलाई आग्रह गर्नुभयो।
 
Umapati Bhusal
President
सिर्जनशील नेपाली समाज
Houston Texas Usa
832-630-3626