मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

श्रीमती हत्याको आरोपमा एक युवा पक्राउ

श्रीमती हत्याको आरोपमा एक युवा पक्राउ


खोटाङ । श्रीमतीको हत्या गरेको आरोपमा खोटाङमा एक युवा पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा कुभिण्डे–३ का २७ वर्षीय मनकुमार श्रेष्ठ पक्राउ परेका हुन् ।
 
जेठ २० गते बिहान श्रेष्ठको श्रीमती शुष्मा भनिने २६ वर्षीया लीला राई (श्रेष्ठ) घर नजिकै केराघारीमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या स्वयम् आफ्नै श्रीमानले गरेको भन्ने माइतीपक्षबाट किटानी जाहेरी आएपछि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो ।
 
पक्राउ परेका श्रेष्ठलाई आइतबार जिल्ला अदालत खोटाङ लगेर चार दिनको म्याद थप गरी कारबाही थालिएको प्रहरीले जनाएको छ । उनले श्रीमतीलाई जेठ १९ गते राति सामान्य कुटपिट गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।
 
मृत फेला परेकी महिलाको ढाड र पाखुरामा निलडाम भेटिएको घटनास्थल पुगेको प्रहरीले जनाएको छ । उनको हत्या भएनभएको बारे अस्पतालबाट शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको गौतमको भनाइ छ । 
उनीहरूबीच चार वर्षअघि प्रेम विवाह भएको स्थानीयले जनाएका छन् । स्थानीयले दिएको जानकारीअनुसार उनीहरूका दुई भाइ छोरा छन् । 
 
महिलालाई जिउँदै जलाउने प्रयास
यसैबीच, बागलुङकी एक महिलालाई आफ्नै पतिले जिउँदै जलाउने प्रयास गरेको आफन्तले आरोप लगाएका छन् ।
 
बागलुङ नगरपालिका—१  रामरेखा बस्ने नानु थापालाई आफ्नै पति सन्तोष थापाले स्प्रिट छर्केर आगो लगाएको आफन्तको आशंका छ ।
 
शनिबार राति आफ्नै घरमा आगो लगाइएकी थापाको धौलागिरि अञ्चल अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा लागिएको छ । थापाको शरीर बाहिरी भाग करिब ९० प्रतिशत जलेको चिकित्सकले बताएका छन् 
 
वैदेशिक रोजगारीमा रहेका सन्तोष जेठ १ गते घर आएका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । रासस