मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाललाई सम्बृद र बिकशित बनाउन पानीको अधिकतम उपयोग गर्नुपर्दछ

नेपाललाई सम्बृद र बिकशित बनाउन पानीको अधिकतम उपयोग गर्नुपर्दछ


हरेकदिन १ हजार ७ सय नेपालीहरु रोजगारीका निम्ति नेपालबाट अन्य मुलुक पलायन भयको सरकारी तथ्यांक छ । हाम्रो देशभित्रै धेरै रोजगारी सिर्जना गर्न सक्ने  प्रशस्त आधारहरू छन्  । नेपालमा विकासको भरपर्दो आधार पर्यटन र जलविद्युत् हो  तर जसको उपयोग प्रववकारी रुपमा हुन सकको छैन। पर्यटन नेपालको निमित केही हदसम्म उपयोगी भए पनि सम्पूर्ण विकासमा पर्यटनको भर पर्न नसकिने आधार प्रशस्त छन् । यो हिसाबले बाँकी विकल्प जलविद्युत् मात्र हो ।

नेपालको २०७१/७२ वार्षिक बजेट करिब ६.१८१ खर्बमध्ये जलविद्युत्मा गरिएको एकदमै थोरै लगानीले अहिले नै नेपालमा विकास र रोजगारी सिर्जना हुने आस गर्ने ठाउँ  देखिदैन। नेपालको सानो अर्थतन्त्रले नेपालमा चाहिने पूर्वाधार र रोजगारी सिर्जना गर्न सक्दैन । साँच्चै नेपालको विकास गर्ने हो भने विदेशी लगानी भित्र्याउने उपाय सोच्नै पर्छ ।जुन दिनसम्म नेपाल सरकारले विदेशी लगानीको सुरक्षा को  जिम्मेवारी लिँदैन । त्यो दिनसम्म  बिदेसी  लगानी  भित्रिदैन  र  तब  सम्   पानी ले नेपाललाई खासै फाइदा पुग्ने  छैन ।

विदेशी लगानीको ग्यारेन्टी लिने, निश्चित प्रतिशत नेपाली कामदारले काम पाउनु पर्ने, निश्चित वर्षसम्मको कर नियम कानुन बनाएर विदेशी लगानी भित्र्याउन सक्नु पर्दछ । अर्थात्, नेपालको अधिकतम हितलाई हेरेर विदेशी लगानी प्रोत्साहन गर्नु पर्दछ । हाम्रो देशको तितो यथार्थ के हो भने सम्पूर्ण विकास गर्ने समर्थे भयको अर्थतन्त्र हामीसंग दुर्लव छ । तर, हामीसँग अपूर्व मात्रामा जलस्रोत छ हामीले यसको भरपुरमात्रामा फाइदा लिन सक्नुपर्छ । जुन देशसँग जस्तो स्रोत छ, त्यो देशले त्यही स्रोत प्रयोग गरेर देशको बिकाश गरेको उदाहरण छ । अरबले तेल बेचेर विकास गरेको छ । भारत र चीनले आफ्नो देशको विशाल जनशक्ति परिचालन गरेर देश विकास गरेका छन् भने पश्चिमा राष्ट्रहरुले बौद्धिक जनशक्तिको विशाल प्रयोग गरेका छन् ।  नेपालको  आफूसँग भएको प्राकृतिक सम्पदाको भरपूर उपयोग  गरि नेपाललाई सम्बृद र बिकशित बनाउन पानीको अधिकतम उपयोग गर्नुपर्दछ । यसका निम्ति उदार अर्थतन्त्रको अभ्यास  आजको आवश्यकता हो ।


 

घनश्याम चौलागाइँ

संयोजक : नयाँ शक्ति नेपाल