मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कतारको कन्ट्याक्टिङ कम्पनीले भूकम्पपीडितको घर बनाइदिने

कतारको कन्ट्याक्टिङ कम्पनीले भूकम्पपीडितको घर बनाइदिने


चितवन । कतारको  दोहामा  रहेको अल एवल एण्ड  कन्ट्याटिङ कम्पनीले नेपालका भूकम्पपीडित आफ्ना कामदारको घर बनाइदिने भएको छ।
 
सोही  कम्पनीमा  कार्यरत कर्मचारीहरुको संस्था  एरोज  नामको  संस्थाको  समन्वयमा  भूकम्पपीडित आफ्ना कामदारको घर बनाउन आर्थिक सहयोग गर्ने भएको हो। सो  कम्पनी र एरोजका सदस्यहरुले आज रत्ननगरमा पत्रकार सम्मेलन गरी  भूकम्पपीडित २५ कामदारको घर  बनाउन लागेको जानकारी गराएका  हुन् । कम्पनीमा  गठन  गरिएको सहयोग समितिमार्फत  घर  बनाइने सहयोग समितिका सदस्य एवम् कम्पनीका लेखापाल घनश्याम पराजुलीले  जानकारी दिए।  
 
समितिका संयोजक मिजियास जिके  र  सदस्य पराजुलीले नेपाल आएर  भूकम्पपीडित आफ्ना कामदारको घरको अनुगमन गरेका छन् ।
सो कम्पनीमा  कार्यरत  काठमाडौ, गोर्खा, धादिङ, चितवन, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लाका  कामदारको घर भत्किएको पाइएको पराजुलीले जानकारी दिए। कम्पनीमा कार्यरत कर्मचारीहरुबाट संकलित  र  कम्पनीले  प्रदान गर्ने  ३०  लाखको लगानीमा घर बनाइने  पराजुलीले बताए । सो कम्पनीमा  नेपालका ४  सय युवाहरू  कार्यरत छन् ।  ‍