मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

एनआरएन टेक्सास च्याप्टरद्धारा बिभिन्न कार्यक्रमको घोषणा

एनआरएन टेक्सास च्याप्टरद्धारा बिभिन्न कार्यक्रमको घोषणा


हिमालय खबर I टेक्सास, एनआरएन टेक्सास च्याप्टरले बिभिन्न कार्यक्रमको घोषणा गरेको छ । नेतृत्व चयन पश्चात पहिलो पटक बसेको औपचारीक बैठकले संस्थाको आगामी कार्ययोजना लगातका बिभिन्न कार्यक्रमको घोषणा गरेको हो । च्याप्टरका अध्यक्ष उत्तम लामिछानेको सभापतित्वमा बसेको बैठकमा एनआरएन अमेरिकाका उपाध्यक्ष राम पोखरेलको प्रमुख आतिथ्यता र कोषाध्यक्ष बेद बस्नेतका साथै बोर्ड अफ डाईरेक्टर बिनोद तिबारीको आतिथ्यता रहेको थियो ।
 
च्याप्टरको पहिलो बैठकले सम्पुर्ण मतदातालाई आभार ब्यक्त गर्दै नेपालको महा भुकम्पबाट ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली अर्पण गर्नुका साथै घाईतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको थियो । च्याप्टरले टेक्सासमा रहेका सबै संस्थासंग सहकार्य गरेर एनआरएन अमेरिकाका कार्यक्रमहरुलाई टेक्सासमा ब्यापक रुपमा परिचालन गर्ने योजना बनाएको छ ।
 
अध्यक्ष लामिछानेका अनुसार च्याप्टरमा बांकी रहेका पदहरु चाडै पुरा गर्ने र च्याप्टरमा रहेका पदाधीकारीहरुले अन्य कुनै पनि संस्थामा पद धारणा गर्न नमिल्ने, यदि कुनै संस्थामा आबद्ध भएको भए एक महिना भित्र राजिनामा दिएर एनआरएनमा सकृय हुनुपर्ने निर्णय समेत गरेको छ ।
 
 

शेयर गर्नुहोस:

0
Shares