मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धादिङका विपन्न ७५ परिवारलाई जस्तापाता वितरण

धादिङका विपन्न ७५ परिवारलाई जस्तापाता वितरण


धादिङ । महाभूकम्पले तहसनहस पारेको डेढ महिना बितिसक्दा पनि अस्थायी घर बनाउन नसकेका विपन्न परिवारलाई राहतस्वरुप एक÷एक बण्डल जस्तापाता उपलव्ध गराइएको छ । 
 
फाउण्डेशन दियो नेपाल र पिओर नेपाल ट्रेकिङ एण्ड एक्सपिडिशनको सहकार्यमा धादिङको नीलकण्ठ नगरपालिका–७ मस्र्याङछाप र डम्बरडाँडाका ७५ घर परिवारलाई तत्काल अस्थायी बसोबासका लागि एक–एक बण्डल जस्तापाता राहत उपलब्ध गराईएको हो ।
 
भूकम्पले घर भत्किएका गाउँवासीको सहयोगका लागि प्रतिघर एक–एक बण्डल जस्तापाताको साथै लामखुट्टेको टोकाईबाट बचाउन प्रत्येक घरलाई एक÷एक वटा झुलसमेत वितरण गरिएको छ । डम्बरडाँडालाई होमस्टेका रुपमा विकास गर्न अभियानमूलक कार्यहरु सञ्चालन गर्दै आइरहेका पर्यटन व्यवसायी शिवहरि सापकोटाको समन्वयमा शुक्रबार गाउँमै पुगेर गाउँवासीलाई जस्तापाता र झुल वितरण गरिएको थियो । 
 
दुःख गरेर बनाएको घर भुँइचालोले एकै झट्कामा ढालिदिएपछि डेढ महिनादेखि सपरिवार त्रिपालमुनि बस्दै आएकोमा अब जस्ताको छानो राखेर कटेरो बनाई बासको व्यवस्था मिलाउने स्थानीय साने विकले बताए । 
 
फाउण्डेशन दियो नेपाल र पिओर नेपाल ट्रेकिङ एण्ड एक्सपिडिशनका संस्थापकसमेत रहेका पर्यटन व्यवसायी सापकोटाका अनुसार स्थानीयहरुसँग समन्वय गरी निक्कै कमजोर अवस्था भएकाहरुको विवरण संकलन गरी त्यसैको आधारमा गाउँमै पुगेर जस्तापाता वितरण गरिएको पर्यटन व्यवसायी सापकोटाले जानकारी दिए ।  
 
मस्र्याङछाप र डम्बरडाँडामा जस्तै नीलकण्ठ नगरपालिका वडा नम्बर १२ आँपस्वारा र आसपासका ८५ घरलाई पनि एक/एक बण्डल जस्तापाता र झुल उपलब्ध गराइएको छ ।