मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रख्यात ‘डन’ चक्रे मिलनले बाँडे जन्मथलोमा राहत

प्रख्यात ‘डन’ चक्रे मिलनले बाँडे जन्मथलोमा राहत


चितवन । भूकम्पपीडितलाई राहत वितरणको श्रृंखला चलिरहेकै बेला आपराधिक गतिविधिमा संलग्न भएको आरोप खेप्दै आएका गुण्डा नाइके 'डन' ‘चक्रे मिलन’ उर्फ मिलन गुरुङले पनि जन्मथलो गोरखा पुगेर राहत बाँडेका छन् । 
 
केही दिनअघि चक्रे मिलनले छोप्राक र आसपासका गाउँमा महिला समूह, विद्यालयआदिलाई तत्कालै लाखौँ रुपैयाँ नगद हस्तान्तरण गरेको उनका सहयोगीले बताएका छन् ।
 
‘चक्रे मिलनले १५ लाख जति सहयोग गरे होलान्, नाम नबताउने सर्तमा उनको राहत वितरण अभियानमा सहभागी भएका चितवनका एक युवाले भने, ‘चक्रे मिलनले आवश्यक पर्दा गाउँका लागि लाखौँ रुपैयाँ खर्चने प्रतिबद्धता गरेका छन् ।’ 
 
चक्रे मिलन गाउँमा पुग्दा स्थानीयवासीले भव्य स्वागतसमेत गरेका थिए । (हेर्नुहोस् तस्बिर कालो चस्मामा चक्रे मिलन ।)