मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु

माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा चार जनाको मृत्यु


चौतारा, १९ जेठ । भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर आज अपराह्न सिन्धुपाल्चोकको यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना हुँदा चालकदलका सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

माउन्टेन एयरको ‘अल्फा ३५० ९ एनजेपी’ सो हेलिकोप्टर बिजुलीको हाइटेन्सन लाइनमा ठोक्किदा क्याप्टेन सुदेक श्रेष्ठसहित चार जनाको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका नायब महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले बताउनुभयो ।

हेलिकप्टर दुर्घटनामा डच नागरिक जेनिकको मृत्यु भएको र अन्य दुई जनाको सनाखत हुन सकेको छैन । दुर्घटनाग्रस्त हेलिकप्टरमा आगो लागेको थियो । दुर्घटनामा ज्यान गुमाएकाहरुको शव हेलिकप्टरबाट आजै काठमाडौँ लगिएको छ । 

दुर्घटनाको खबर प्राप्त हुनासाथ बाह्रबिसेबाट प्रहरी निरीक्षकको नेतृत्वमा उद्धारकर्मीको टोली घटनास्थलतर्फ परिचालन गरिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख दीपकराज खरेलले राससलाई बताउनुभयो । 

सिन्धुपाल्चोक गुम्मा गाविसमा माउन्टेन एयरको 9N-AJP हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। सिन्धुपाल्चोकको विकट गाविस तेम्बाथानबाट राहत पुर्‍याएर फर्किएको हेलिकप्टर जलबिरे बजारदेखि माथिको जंगलमा आगो लागेर दुर्घटनाग्रस्त भएको छ।

सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा पर्ने विकट गुम्बा गाविसको तेम्बाथानमा राहत तथा स्वास्थ्य सेवा प्रदान गरेर फर्किएको हेलिकप्टर फर्कदा नै अनकन्ट्रोल भएको थियो। 

जलविरेबाट खोलैखोला आएको हेलिकप्टर अनकन्ट्रोल भएर विजुलीको हाइटेन्सन लाइनभन्दा पनि तल उडिरहेको स्थानीय राजिव श्रेष्ठले बताए।

हेलिकप्टर विजुलीको हाइटेन्सन लाइनमा ठोक्किएको थियो। त्यही एउटा पखेटा खसेको हेलिक्पटर त्यहाँबाट १०० मिटर पारी डाडाँमा गएर ठोक्कियो।

हेलिकप्टर ठोक्किएपछि जंगलमा आगो लाग्यो। सुनकोशी नदी पारीको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि जंगलमै आगो लागेको नेपाली सेनाका क्याप्टेन नारायण क्षेत्रीले बताए।एजेन्सी, रासस