मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भूकम्पपीडितका लागि रोटरी क्लबको राहत (फोटो फिचरसहित)

भूकम्पपीडितका लागि रोटरी क्लबको राहत (फोटो फिचरसहित)


रत्ननगर, चितवन । रोटरी क्लब अफ रत्ननगरले गोरखा र धादिङका भूकम्पपीडितहरुका लागि खाद्यान्न, जस्तापाता, स्टेशनरीलगायतका सामग्री वितरण गरेको छ । 

swagat@rotariyanक्लबका अध्यक्ष मधुपकुमार भट्टराईको नेतृत्वमा गएको एक टोलीले हालै धादिङको सलाङ–८ स्थित आरुवासमा ४० बण्डल जस्तापाता, ५० सेट ब्लाङ्केट र स्टेशनरी सामग्री वितरण गरेको हो । 

surendra sirकालीदेवी माविको प्राङ्गढमा आयोजित कार्यक्रममा क्लबका सदस्य डा. ढुण्डीराज पौडेलले भूकम्पप्रभावित गाउँका १०२ जनाको नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए । सोही क्रममा जनक पौडेलको संयोजकत्वमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । 

sibir@aarubasक्लबका विपिन पोखरेलको संयोजनमा राहत वितरण कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष मधुपकुमार भट्टराईले गरेका थिए । राहतका लागि क्लबका पूर्व अध्यक्ष उमेश घिमिरेका साथै विनोद पोखरेल, पुरुषेत्तम कँडेल, दिलीप घिमिरे, कुलबहादुर गूरुङ, सन्त महतोले विशेष सहयोग गरेका थिए । साथै क्लबका सबै सदस्यहरुले समेत आर्थिक सहयोग जुटाएका थिए । 

rotariyan@ratnanagarमानवीय सेवा र सामुदायको हितमा काम गर्दै आएको क्लबले गोरखाको बगुवा, तान्द्राङलगायतका गाउँमा एक ट्रक चामल र कम्बल वितरण गरिएको रोटरीयन सुरेन्द्र रेग्मीले बताए । 

medicineयसैबीच, भूकम्पपीडित घाइतेको उपचारका क्रममा रगतको अभावलाई मध्यनजर गर्दै रोटरी क्लब अफ रत्ननगरले रत्ननगर मेडिसिनको प्राङ्गढमा रक्तदान कार्यक्रम गरेको थियो । १४४ जना रक्तदाताबाट संकलित रगत रक्त सञ्चार केन्द्र भरतपुरलाई हस्तान्तरण गरिएको थियो । 

aarubaas@bipinक्लबका अध्यक्ष भट्टराईले परोपकारी कार्यमा रोटरीयन साथीहरुको सहयोग र सद्भावका कारण भूकम्प प्रभावितलाई केही हदसम्म राहत प्रदान गर्न सकेकोमा सबैप्रति आभार प्रकट गरे । उनले आगामी दिनमा पनि यस्तै मानवीय कार्यमा क्लब लागिपर्ने प्रतिबद्धता जनाए ।