मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बढ्दो गर्मीका कारण चितवनमा छालाका बिरामी बढे

बढ्दो गर्मीका कारण चितवनमा छालाका बिरामी बढे


चितवन । बढ्दो गर्मीका कारण चितवनका अस्पतालहरुमा छालाका बिरामीहरुको चाप बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । केही दिनदेखि चितवन लगायत तराईका जिल्लाहरुमा अत्याधिक गर्मी बढेपछी अस्पतालहरुमा छालाका समस्या भएका बिरामीहरुको चाप बढेको चितवन मेडिकल कलेज भरतपुरका छाला रोग बिशेषज्ञ डा अच्युत पोख्रेलले बताएका हुन् ।
 
चितवन मेडिकल कलेजमा मात्रै दैनिक ७० भन्दा बढि बिरामी हरु छालाको समस्या लिएर आउने गरेको डा पोख्रेलको भनाई छ । पछिल्ला केही दिन यता चितवनमा गर्मी बढेर ३८ डिग्री सेल्सीयससम्म पुगेको छ । अत्याधिक गर्मी भएपछी मानिसमा छाला जन्य रोगको संक्रमण बढेकोले जिल्लाका सवै अस्पतालहरुमा छालाका रोगका बिरामीहरुको चाप बढेको डाक्टर पोख्रेल बताउँछन् ।
 
गर्मीका कारण छालामा आउने समस्या जस्तै खोईरो लाग्ने ९ कपाल झर्ने रोग ० दाध, दुवी, सेतो र रातो घमौरा, चिलाउने र पास्नी रोग, पसिनाको एलर्जी, डडुवा रोग, डण्डीफोर बढेर आउने लगायतका समस्या भएका बिरामीहरुको चाप रहेको उनले बताए ।
 
दिउँसो अत्याधिक गर्मी बढर्ने र साझ अत्याधिक हावा हुरी लाग्ने त्यसले गर्मी जन्य रोगको संक्रमण बढाउन सक्ने भन्दै घाम र हावाहुरी बाट बच्न डा।पोख्रेलको आग्रह छ । गर्मीका कारण छालामा कुनै समस्या सृजना भए तुरुन्तै चिकित्सककोमा पुगेर रोगको पहिचान र उपचार गर्न उनले अनुरोध गरे ।
 
चितवनमा अत्याधिक गर्मी बढेपछी मानिसहरु घरबाट बाहिर निस्कन र दैनिक कर्म गर्न पनि समस्या भएको सिमा सुरक्षा बल आपटाडीका प्रमुख शम्भु उप्रेतीले बताए ।
 
गर्मीका कारण गर्मी जन्य रोगको जोखिम समेत उच्च हुँदै गएको छ । बढ्दो गर्मीसंगैै यससंग सम्बन्धित विभिन्न रोगहरुको संक्रमण र जोखिम बढेको भरतपुर अस्पतालका डा प्रकाश खतिवडाले बताए ।
 
गर्मीमा फोहोर पानीका कारण सर्ने झाडापखला, हंैजालगायतका रोगहरु बढी देखिने उनको भनाई छ । कहिले पानी पर्ने तथा कहिले चर्को घाम लाग्नेक्रम निरन्तर रहेमा भाइरल ज्वरो पनि फैलन सक्ने उहाले बताए । यस्ता रोगहरु छिट्टै नै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले सबैलाई सजग रहन खतिवडाको आग्रह छ ।
 
गर्मी बढेसंगै तराई क्षेत्रमा लामखुट्टेको अत्याधिक बृद्धी हुनाले यसको टोकाइबाट फैलने मलेरिया, डेङगुजस्ता रोगहरुको पनि उच्च जोखिम रहने भन्दै सजग रहन चितवन अस्पताल भरतपुरका निर्देशक फिजिसियन डा बिजय पौडेलको आग्रह छ ।
 
गर्मीमा बढी मेहनत गरेर काम गर्नेहरुको बढी पसिना निस्कने भएकाले त्यसबाट शरीरमा समस्या सृजना हुन नदिन पानी प्रशस्त पिउन उनको आग्रह छ । शरीरको तापक्रम सन्तुलनमा राख्न पानी अधिक पिउनु पर्ने उनी बताउँछन् । गर्मीमा प्रदुषण धेरै हुने भएकाले लामो बाउला भएको कपडा लगाएर हिँड्ने र माक्सको प्रयोग गर्न सकेपनि छालाका रोगमा कमि आउँन सक्ने पौडेलले बताए ।
 
गर्मीमा बाहिरबाट आउँदा साबुन पानीले हात धुने, नुहाउने , वरपरको वातावरण सफा राख्ने, सधै पानी उमालेर पिउने, खानेकुरा अपच हुने तरिकाले नखाने ,बासि र अस्वस्थकर जस्तो देखीने खानेकुरा नखाने बढी तनाव नलिने र राती सुत्ने बेला ओच्छ्यान राम्रोसंग टक्ट्क्याएर सुत्ने लगायतका कुरामा ध्यान दिन सके गर्मीजन्य रोगबाट बच्न सकिने डा।पौडेल बताउँछन् ।