मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय पक्षले पानी नदिँदा नेपाली किसानहरु मारमा

भारतीय पक्षले पानी नदिँदा नेपाली किसानहरु मारमा


नवलपरासी । भारतीय पक्षले नेपाल गण्डक पश्चिम नहरमा पानी नदिंदा नेपाली किसानहरु मारमा परेका छन् । किसानले धानको बीउ राख्ने बेला भईसके पनि भारतले नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली पानी नखोलिदिदा किसानहरु मर्कामा परेका हुन् । भारतीय पक्षले पानी नछाड्दा र नहरको जल उपभोक्ता संस्था मुल समितिको लापरवाहीले किसानले समस्या भोग्नु परेको हो ।
 
नवलपरासीको दक्षिणी गाविसका ८ हजार ७ सय हेक्टरमा सिचाई गर्नका लागि ३२ किलोमिटर लम्बाईको मुल नहर रहेको सिचाई प्रणँलीमा पानी नहुंदा किसानले धान बीउ राख्न बैकल्पिक उपाय खोजीमा लागेको स्थानीय किसानले बताएका छन् ।
 
पानी नहुंदा धानको बीउ राख्न नर्सरी तयार गर्न, उखु, मेन्था, घाँस खेतीमा सिचाई गर्न पाएका छैनन् । जेठको पहिलो सातादेखि किसानहरुले बीउ राख्न थाल्छन् ।
 
वि।सं २०१६ सालमा भएको गण्डक सम्झौता अन्तरगत बनेको नहर एक त भारतीय पक्षले बेलामा पानी नछाडिदिने अर्को तिर अवैध रुपमा एक दशकदेखी साधारणसभा बिना नै काम गर्दै आएको समितिले किसानको समस्या नबुझिदिदा मर्कामा परेको रामपुर खडौना ५ किसान रामप्रसाद यादवले बताए ।
 
नहरमा पानी नपाए पछि कतिपय शाखा र प्रशाखा नहर पनि किसानले पुर्न थालेका छन् । गण्डक सम्झौता अनुसार एक महिना ९अप्रिल० महिना मात्र पानी बन्द गर्न पाउछ । तर मर्मतको नाममा तिन महिना देखी नहरमा पानी बन्द रहेको छ ।
 
बीउ राख्ने बेलामा पानीको ब्यवस्था मिलाउने भन्दा समितिले नहरमा रहेको सिसौको रुख बेच्ने, नहरको सडकमा पटके सवारी शुल्क उठाउन ठेक्का लगाउने र आएको आम्दानी बाँडीचुली खाने बाहेक केही काम नगरेको स्थानीय किसानले आरोप लगाएका छन् ।