मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

समाजको हक हित र गरिमा उच्च राख्न कुनै कसर बाँकी राख्दिनँ : नवनिर्वाचित अध्यक्ष ढकाल

समाजको हक हित र गरिमा उच्च राख्न कुनै कसर बाँकी राख्दिनँ : नवनिर्वाचित अध्यक्ष ढकाल


३१ मे, २०१५ / कनेक्टिकन नेपाली समाज (नेकोन)का नवनिर्वाचित अध्यक्ष शंकर ढकालले समाजको हित र गरिमालाई अझ सुदृढ बनाउन आफूले कुनै बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभएको छ  समाजको अध्यक्षमा निर्वाचित भएलगत्तै एक विज्ञप्ति जारी गरी ढकालले आफूलाई समाजको अध्यक्ष बनाउन सहयोग पु¥याउने अमेरिकाबासी नेपाली बुबाआमा दाजुभाई तथा दिदीबहिनी मा हृदयदेखि नै धन्यावाद व्यक्त गर्नुभएको हो । 
 
अमेरिकाबासी समस्त नेपालीको आत्मिय सहयोगलाई उच्च मूल्यांकन गर्दै उहाँले समाजलाई सबै नेपालीको साझा थलोको रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विज्ञप्तिमा ढकालले उल्लेख गर्नुभएको छ –“प्रजातन्त्रको परिभाषा नै जनताको लागि जनताले नै आफ्नो जनमतद्वारा, आफ्नो नेतृत्वको छनोट गर्दछन् र त्यसले उनीहरुको अभिमतलाई सफलताको कोशेढुंगोमा पु-याउने चाहना राखेका हुन्छन् । मेरा हकमा पनि त्यो लागू हुन्छ । म तमाम जनताको ती मागलाई सम्बोधन गर्न प्रतिबद्ध छु ।” ढकालले अगाडि उल्लेख गर्नुभएको छ –“ समाजको सोचलाई सफलीभूत पार्न समाजले आफू मध्येबाट उपयुक्त पात्रहरु मध्येबाट छनोट गरी त्यही पात्र मार्फत आफ्ना कार्ययोजनाहरुलाई कार्यक्षेत्रमा लैजान्छ। अनि निर्वाचनमा यसपटक नछानिएका अन्य उपयुक्त व्यक्तित्वहरुलाई समेत हातेमालो गरी उनीहरुको व्यवहारिक विचारहरुलाई समेत समेटेर सँस्थाको, समाजको हित र कल्याणमा प्रयोग गर्नेछ अनि प्रत्येक सम्मानित सदस्यहरुले त्यसको फल प्राप्त गर्नेछन्।
 
म यस पवित्र भावना हिँजो पनि दृढ थिएँ, आज पनि र भोलि पनि। सँस्थाको नेतृत्व छनोटमा कसैको हार हुँदैन, सँस्थाको पदाधिकारीहरुको निर्वाचनमा कसैको पराजय हुँदैन सिर्फ सँस्थाको विजय हुन्छ, समाजको जीत हुन्छ, सँस्थामा आबद्ध सबै आदरणीय सदस्यहरुको जीत हुन्छ। त्यो कुराको सन्देश हाम्रो निर्वाचन परिणाम पछि सवैमा भएको हौसला, एकता, र सद्भाव र बधाई आदानप्रदानले प्रष्ट पारेको छ। हाम्रो समाज, हाम्रो सँस्था हिँजो पनि एक थियो, आज पनि देखिएको छ मेरो एक मुट्ठी सास रहेसम्म, म सँस्थामा रहे पनि नरहे पनि एकताबद्ध बनाउन दिलोज्यान दिएर लाग्नेछु। समाजको प्रगति, सँस्था को समुन्नति, सदस्यहरुको सम्वृद्धिको लागि म सवै समाजका अग्रजहरुलाई करजोरी विन्ती गर्दछु,आउनुहोस्, हातेमालो गरौँ, होस्टेमा हैंसे गरौँ। ” 
 
ढकालले आउँदा दिनमा आफूलगायत सिँगो टिमलाई विगतमा झै सहयोग सद्भाव र सुझाव प्राप्त भै रहने अपेक्षा समेत गर्नुभएको छ । एक व्यक्तिको भन्दा पनि सबैको सामूहिक प्रयासबाट समाजले गति लिने भन्दै समाजलाई आफ्नो हो भन्ने भावनाले ओतप्रोत भएर काम गर्न लागि सबैलाई आग्रह गर्नुभएको छ । मूलतः निर्वाचनका बेला भएको आम सहभागिता लाई हेर्दा पनि सबैको सहयोग र एकता र सद्भावबाटै अघिबढ्नेमा आफू आशावादी रहेको विज्ञप्तिमा उल्लेख छ । 
 
यस्तै चुनावी दौडमा रहनु भै एक दुई भोट कम प्राप्त गर्नुभएकाहरुलाई पराजित भएको नसोची आफूजत्तिकै सबल र सक्रिय रुपमा अघिबढ्नका लागि आग्रह गर्नुभएको छ । सकारात्मक सोच र सहयोग निरन्तररुपमा प्राप्त भै रहने भन्दै उहाँले हरपल हरक्षण संस्थाको हितमा काम गर्नका लागि आफू तयार रहेको बताउनु भएको छ । उहाँले यसअघिको कार्यसमितिलाई पनि धेरै–धेरै धन्यावाद व्यक्त गर्नुभएको छ ।