मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौंमा पछिल्लो तीन वर्षकै उच्च गर्मी

काठमाडौंमा पछिल्लो तीन वर्षकै उच्च गर्मी


काठमाडौं । सोमवार राजधानीवासीले यो बर्षकै सवैभन्दा बढि गर्मीको अनुभव गरे । मौसम विभागले सोमवारको तापक्रम ३३ दशमलव ५ डिग्री सेन्टिग्रेड पुगेको जनाएको छ । सोमवारको तापक्रम राजधानीमा गत बर्षको भन्दापनि बढि हो । केही दिनयता राजधानीवासीले अत्याधिक गर्मीको महसुुस गरिरहेका थिए । गर्मी बढेर सोमवारसम्म आइपुग्दा ३३ दशमलव ५ डिग्री सेन्टिग्रेड पुगेको छ । गर्मी बढेसंगै राजधानीमा चिसो पेय पदार्थहरुको विक्री भने बढेको व्यापारीहरुले वताएका छन् ।
 
 साथै उच्च गर्मीका कारण विभिन्न किसिमका विरामीहरुको चाप समेत राजधानीका अस्पतालहरुमा बढेको छ । राजधानी काठमाडौंमा सोमवार मापन गरेको तापक्रम गत बर्षको भन्दा पनि बढि भएको जल तथा मौसम विभागले जनाएको छ । उता गर्मीको कारण तराइको जनजीवन थप कष्टप्रद भएको छ ।
 
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको तापक्रम ३३.५ डिग्री सेल्सियस मापन भएको छ । यो पछिल्लो तीन वर्षकै उच्च तापक्रम हो ।
 
सोमवार नेपालगञ्जले ४१ दशमलव ९ डिग्री सेन्टिग्रेड तापक्रमको रेर्कड वनायो भने दिपायलको तापक्रम ३९ दशमलव ५ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । मुलुकका अन्य स्थानहरु भैरहवा, धनगढी, विराटनगर, पोखरा, धनकुटा लगायतका स्थानहरुमा पनि अन्य दिनहरुको तुलनामा अझ बढी गर्मी महसुस गरिएको छ ।
 
जल तथा मौसम विभागका अनुसार सोमवार राती मुलुकका केही स्थानमा मौसममा बदलीभई असिना पानी परेपनि धेरैजसो स्थानमा भने मौसम सामान्य रहनेछ ।
 
 त्यस्तैगरी मङ्गलवार पश्चिम तथा पूर्वका केही स्थानमा मौसममा सामान्य परिवर्तन देखिने भए पनि धेरैजसो स्थानमा मौसम सामान्य नै रहनेछ । 
 
मौसमविद्हरुले दिएको जानकारी अनुसार भारतका राजस्थान लगायतका स्थानवाट तातो हावा नेपाल प्रवेश गरेको कारण नेपालका विभिन्न स्थानमा गर्मी बढेको हो ।